बिहिवार, कार्तिक १८ २०७८
नेपाल वाइड
खोटाङ । १८ कात्तिक, तिहारको अवशरमा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्चले देउसीभैली कार्यक्रम आयोजना गरेको छ ।
सम्पर्क मञ्चको व्यवस्थापन एवं विपदमा परेका खोटाङवासी नागरिकको सहयोगार्थ रकम जुटाउन काठ्माण्डौं शान्तिनगरस्थित बेबिलोन स्कुलमा बुधबार देउसीभैली कार्यक्रम आयोजना गरिएको हो । देउसीभैलीबाट नगद तथा दाताको प्रतिवद्धता सहित ३ लाख भन्दा बढि आर्थिक संकलन भएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्चका अध्यक्ष अर्जुनभक्त राईले जानकारी दिए ।
देउसीभैलीमा २ लाख १८ हजार नगद सहयोग जुटेको छ । जिल्लादेखि केन्द्रिय कमिटिका नेता, खोटाङ घर भइ हाल काठ्माण्डौंमा बसेर विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति लगायतको सहभागीतामा देउसीभैली कार्यक्रम आयोजना गरिएको सम्पर्क मञ्चले जनाएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य एवं सम्पर्क समन्वय कमिटिका संयोजक विजय गुरुङको प्रमुख आतिथ्यतामा भएको देउसीभैली कार्यक्रममा केन्द्रिय कमिटि सदस्य एवं खोटाङ सह–ईन्चार्ज बिरवलकाजी राई, केन्द्रिय सदस्य अम्बिका थापा, निर्वाचन आयोगका सदस्य तथा प्रदेश सम्पर्क कमिटि संयोजक अम्बर राउत, नेता भोला पोख्रेल, निर्वाचन आयोगका सदस्य भिम राई, पुराना नेता तथा समाजसेवी अर्जुन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
यस्तै, प्रदेश कमिटि सदस्य तारानाथ दाहाल, सम्पर्क समन्वय कमिटिका सदस्य तेज राई, प्रदेश सम्पर्क कमिटिका सदस्य बज्रकुमार राई, जिल्ला कमिटि खोटाङका उपाध्यक्ष तथा सम्पर्क मञ्चका पुर्वअध्यक्ष बमबहादुर खत्री, जिल्ला कमिटिका सचिवालय सदस्य जनक दाहाल, सचिवालय सदस्य तेज थुलुङ, उदयपुरका नेता बिनोद खड्का, ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सिबि कार्की, भोजपुर–काठमाडौ सम्पर्क मञ्का अध्यक्ष दिलिपकुमार राई, उपाध्यक्ष भिम राई, सचिब भद्र पराजुली लगायतका नेताको उपस्थिति रहेको थियो ।
देउसीभैली कार्यक्रममा उपस्थित हुने र दक्षिणा स्वरुप दान गर्ने दातालाई सम्पर्क मञ्चले धन्यवाद दिएको छ । सम्पर्क मञ्चका अध्यक्ष राईको सभापतित्वमा भएको कार्यक्रम सम्पर्क मञ्चका सचिव प्रकाश लुइँटेलले सञ्चालन गरेका थिए ।