Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    लोकल रक्सी झैं विदेसी रक्सी पोखेर देखाउ : नेतृ उषाकला राई

    लोकल रक्सी झैं विदेसी रक्सी पोखेर देखाउ : नेतृ उषाकला राई


    • बुधवार, कार्तिक १७ २०७८

    • नेपाल वाइड


    लोकल रक्सी झैं विदेसी रक्सी पोखेर देखाउ  : नेतृ उषाकला राई
    पुर्वमन्त्री एवं एमाले नेतृ उषाकला राई ।

    खोटाङ । १७ कात्तिक, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा लोकल मदिरा पोखाएर नष्ट गरेको घटनाप्रति ‘व्यान्ड भर्सेस ब्राण्ड’की अभियान्ता एवं पुर्वमन्त्री उषाकला राईले विरोध जनाएकी छन् ।

    ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक प्रमोद कार्की नेतृत्वको प्रहरीले १५ कात्तिकमा ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ वरामद गरेर जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयको रोहवरमा पोखेर नष्ट गरिएको केही दिनपछि एमाले नेतृ राईले बिरोध जनाएकी हुन् ।

    ‘व्यान्ड भर्सेस ब्राण्ड’की अभियान्ता राईले बुधबार सामाजिक सञ्जालमार्फात घरेलु रक्सी पोख्ने जनप्रतिनिधि र प्रहरीलाई ‘बिदेशी दलाल र साम्राज्यवादका मतियार’ भनेकी छन् । घरेलु रक्सीलाईझैं बिदेशी रक्सीलाई पोखेर देखाउन चुनौती दिँदै नेतृ राईले घट्नाको तुरुन्त छानबिन गर्न सरकार समक्ष माग गरेकी छन् ।

    प्रदेश नम्बर १ की पुर्वसामाजिक विकास मन्त्री राईले लोकल रक्सी पोखेर फाल्नमा संलग्नलाई जनता समक्ष माफ माग्न भनेकी छन् । ‘बिडम्बना ! उत्सवमा बिदेशी बियर र रक्सी चियर्स गर्ने र आफ्नो उत्पादन माटोमा पोख्ने कुरामा बहादुरी देख्ने सँस्कारको अन्त्य भएन । गरिबको श्रम, सिप र सम्पत्ती माटोमा पोख्दै हिँडेर खै के उभो लाग्छौँ र हामी ! हाम्रो सस्कृति, हाम्रो सम्पति, हाम्रो उत्पादनको बिकास नगरी देश बन्दैन ।

    गरीब जनताको हात हातमा पैसा पठाउन कोदोको लोकल रक्सीलाई व्याण्ड होईन ब्राण्ड बनाउने कार्यक्रम मैले सुरु गरेको हो । लोकल रक्सी पोखेर फेरी ठूलो बहादुरी देखाएछन् साथीहरुले ! यसको घोर भत्र्सना गर्दछु । घोर आपत्ती जनाउछु,’ राईले लेखेकी छन्, ‘गरीबलाई हेप्नेलाई चुनौती दिन्छु, ए ! बिदेशी दलाल हो ! ए, साम्राज्यबादका मतियार हो ! आँखा गरीबको उत्पादनमा होईन, बिदेसी बहुराष्ट्रिय कम्पनीबाट बनेका ह्विस्कि, रम र बियरमा लगाउ ! सक्छौ भने बिदेशी रक्सी पोखेर देखाउ ! बिदेसी रक्सी नेपाल भित्र्याउन प्रतिबन्ध लगाएर देखाउ !’ नेतृ राईले ‘व्यान्ड भर्सेस ब्राण्ड’को अभियान पुरा गरेर देखाउन सरकार समक्ष आग्रह गरेकी छन् ।

    नेतृ राईले घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने अभियान चलाइरहेको अवस्थामा उनकै गृहजिल्लामा लोकल मदिरा नष्ट गरिएको हो । हलेसीबजारमा लोकल रक्सी पोखाउनमा सहभागी वडाध्यक्ष चइन्द्र राई, प्रहरी लगायतको चौतर्फी आलोचना भइरहेको छ । वडाध्यक्षमाथि राजनैतिक स्वार्थमा गाली गर्ने पनि देखिएका छन् ।

    ६ चैत २०७६ मा दिक्तेलबजारमा ९ हजार मूल्या बराबरको करिब ६० लिटर रक्सी जफत गरेर नष्ट गर्दा नेतृ राईले जनप्रतिनिधिको हैसियतमा पहिलोपल्ट सार्वजनिक रुपमा विरोध जनाएकी थिईन् । नेतृ राईले ‘व्याण्ड भर्सेस ब्राण्ड’को चर्चा चलाउन सुरु गरेसँगै जिल्लामा मदिरा वरामद गर्ने र नष्ट गर्ने अभियानबाट प्रशासन र प्रहरी केही पछि हटेको थियो ।

    त्यस यता जिल्लामा लोकल मदिरालाई कमै मात्रामा नष्ट गरिएको छ । ‘व्याण्ड भर्सेस ब्राण्ड’ अभियानको थालनीसँगै स्थानीय स्तरमा पनि लोकल मदिराको औधोगीकरणका विषयमा खुलेर बहस हुन थालेको हो ।

    १५ असार २०७७ मा प्रदेश संसदको विनियोजन विधेयकमाथिको छलफलकाक्रममा राईले लोकल रक्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक संवृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘व्याण्ड भर्सेस ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिईन् । लोकल रक्सीलाई व्याण्ड (प्रतिवन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि व्याण्ड गर्नुपर्ने पुर्वमन्त्री राईले बताउँदै आएकी छन् । घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि उनकै पहलमा ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिबेदन तयार पारिसकिएको छ ।

    राईले लोकल रक्सीमाथिको व्याण्ड (प्रतिबन्ध) हटाएर ब्राण्ड बनाउनुपर्ने आवाज उठाएको केही समयपछि किरात राई यायोक्खाले १६ साउन २०७७ मा खोटाङका तत्कालिन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै लोकल रक्सीको प्रवद्र्धन र प्रोत्साहनका लागि कानूनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि आग्रह गरेको थियो ।

    सम्बन्धित समाचार