मंगलवार, कार्तिक १६ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक १६, नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राई अस्पताल भर्ना भएकी छन् । प्रेसरको समस्याले सिकिस्त भएपछि नेतृ राई उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स बाँसबारी, काठ्माण्डौंमा भर्ना भएकी हुन् ।
नेतृ राईको आइसियूमा राखेर उपचार भइरहेको छ । ‘चक्कर लाग्यो’ भन्दै ढलेकी नेतृ राईको स्वास्थ्य अवस्था स्थिर रहेको भाई आशिष राईले बताए । १२ कात्तिकमा प्रेसरले ढलेपछि राईलाई रातारात गंगालाल, हेल्पिङ हुँदै न्यूरो पुर्याइएको हो ।