आइतवार, कार्तिक १४ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक १४, राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङको अध्यक्षमा ललितकुमार राई (जीवन) चयन भएका छन् । शनिबार दिक्तेलमा सम्पन्न प्रथम अधिबेसनबाट राई सर्वसहमत जिल्ला अध्यक्ष बनेका हुन् ।
२०३७ सालदेखि राजनिती थालेका राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष पनि हुन् । उनी जिल्लामा इमान्दार स्वच्छ छवीका नेताका रुपमा चिनिन्छन् । ६५ सदस्यीय जिल्ला कार्य समितिको पदाधिकारी एवं सदस्य भने जिल्ला कार्य समितिको पहिलो बैठकले टुंग्याउने राप्रपाले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश क्षेत्र क, ख तथा जिल्ला अधिबेसन राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समितिका सदस्य एवं पुर्वसभाषद अर्जुन राईले उद्घाटन गरेका थिए । अधिवेशनले क्षेत्र नं ‘क’ को अध्यक्षमा रामचन्द्र भट्टराई र क्षेत्र नं ‘ख’ को अध्यक्षमा विनोद बस्नेतलाई अघि सारेको छ ।
दुवै क्षेत्रीय कार्य समिति ७७ सदस्यीय हुने राप्रपाले जनाएको छ । क्षेत्रीय कार्य समितिका अन्य पदाधिकारी पनि चयन गर्न बाँकी छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अध्यक्षमा चन्द्रकुमारी राई (तारा) चयन भएकी छन् । नगर कार्य समिति ९५ सदस्यीय हुने राप्रपाले जनाएको छ ।
अधिबेसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवं पर्ययबेक्षक डम्बर सिवाकोटी, केन्द्रिय सम्पादन समितिका सदस्य रबिन राई, केन्द्रिय सम्पादन समितिका सदस्य एवं युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमाल, केन्द्रिय सम्पादन समितिका सदस्य बिजयकला राई लगायतको उपस्थिति रहेको थियो ।