Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ४९ जनामा कोरोना संक्रमण, १०१ जना संक्रमणमुक्त

    प्रदेश १ मा ४९ जनामा कोरोना संक्रमण, १०१ जना संक्रमणमुक्त


    • शनिवार, कार्तिक १३ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ४९ जनामा कोरोना संक्रमण, १०१ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । कात्तिक १३, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ । १९५ जनाको पीसीआर परीक्षण गर्दा ३३ र ९० जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११, झापा र सुनसरीमा १०–१०, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा १०, रंगेलीमा १, झापाको भद्रपुरमा ४, मेचीनगर र स्थानीय तह नखुलेका २–२, विर्तामोड र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरीमा ४, धरानमा ३, बर्जुमा २ र बराहक्षेत्रमा १, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज १०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४६ महिला र ५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार