Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    सर्वधन राईले भने सभापतिबाट ‘नो व्याक’

    सर्वधन राईले भने सभापतिबाट ‘नो व्याक’


    • बिहिवार, कार्तिक ११ २०७८

    • नेपाल वाइड


    सर्वधन राईले भने सभापतिबाट ‘नो व्याक’
    पत्रकारसँग कुराकानी गर्दै पुर्व राज्यमन्त्री सर्वधन राई (दायाँबाट तेश्रो) ।

    खोटाङ । कात्तिक ११, पुर्व राज्यमन्त्री सर्वधन राईले आसन्त नेपाली कांग्रेस खोटाङको जिल्ला अधिबेसनमा सभापतिबाट ‘व्याक’ नहुने स्पष्ट पारेका छन् ।

    बुधबार बिहान दिक्तेलमा पत्रकारसँगको भेटघाट तथा चियापान कार्यक्रममा पुर्व वन राज्यमन्त्री राईले आगामी १० मंसिरमा हुने कांग्रेसको जिल्ला अधिबेसनमा सभापतिमा सकैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

    ‘धेरै सोचेर, बुझेर, गहिरो अध्ययन गरेर हाम्रो उम्मेद्वारीको चर्चा चलाएको हो । हाम्रो उम्मेद्वारी कुनै पनि हालतमा व्याक हुँदैन । नो व्याक !,’ राईले भने, ‘हामी अगाडि बढ्यौँ । हामी जिते पनि बढ्यौंँ, हारे पनि अगाडि बढ्यौँ । समग्रमा भन्दा सभापतिमा हाम्रो कोहीसित सम्झौता हुँदैन । अरु विषय वस्तु मिलाउने क्रममा सम्झौता हुन सक्छ । तर, सभापतिको विषयवस्तुमा कुनै पनि सम्झौता हुँदैन ।’

    सुरुमा सभापतिमा दावी गर्ने तर अन्तिममा पछि हट्ने आशंका बारे राईले पत्रकारलाई आश्वस्ता पारेका छन् । उनले जिल्लामा पार्टीलाई नयाँ उचाई र गति दिनका लागि सभापतिमा उम्मेद्वारी दिन लागेको बताए ।

    ‘जिल्लामा कांग्रेसको संगठन अत्यन्तै अव्यस्थित छ । अनुशासन विहिन छ, अव्यवस्थित छ । चेक एण्ड व्यालेन्स केही छैन । संस्थागत भएको छैन । दिनप्रतिदिन पार्टीप्रतिको आकर्षण घट्दो अवस्थामा देखिन्छ,’ राईले भने, ‘नयाँ साथीहरु आइरहनु भएको छ तर जव दिन सकिएको छैन ।

    पार्टी संगठनको मुल प्रवाहमा समावेश गरेर बैचारिक र सैद्धान्तिक तरिकाले जसरी लिएर जानुपर्ने हो त्यो भएको छैन । त्यी सबै अभाव परिपुर्ती गर्नका लागि हाम्रो उम्मेद्वारी हो ।’

    खोटाङमा पार्टी सभापतिका लागि पुर्वसभापति बिष्णुकुमार राई, नरेश श्रेष्ठ, महासमिति सदस्य रबिप्रकाश राई, महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई र क्षेत्रीय सभापति तिर्थराज भट्टराईको पनि चर्चा छ ।

    सम्बन्धित समाचार