Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा १६५ जनामा कोरोना संक्रमण, ३६ जना संक्रमणमुक्त

    प्रदेश १ मा १६५ जनामा कोरोना संक्रमण, ३६ जना संक्रमणमुक्त


    • बुधवार, कार्तिक १० २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा १६५ जनामा कोरोना संक्रमण, ३६ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । कात्तिक १०, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना संक्रमण भएको छ । ८९४ जनाको पीसीआर परीक्षण गर्दा १४२ र १३१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६६, झापामा ३३, सुनसरीमा २७, उदयपुरमा ३, धनकुटामा २, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा ४२, बुढीगंगामा ९, सुन्दरहरैचामा ४, कानेपोखरी, बेलबारी र रतुवामाईमा २–२, पथरीशनिश्चरे, केराबारी, रंगेली, उर्लाबारी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा १४, दमकमा ५, भद्रपुरमा ४, गौरादह, अर्जुनधारा र मेचीनगरमा २–२, कनकाई, बुद्धशान्ति, बाहृदशी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा १०, इनरुवामा ५, दुहवी र धरानमा ४–४, रामधुनी, बराहक्षेत्र, गढी र भोक्राहानरसिंहमा १–१, उदयपुरको बेलकामा ३, धनकुटाको धनकुटा र चौबीसेमा १–१, संखुवासभाको चैनपुर, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

     

     

     

    सम्बन्धित समाचार