Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    यी हुन् खोटाङ एमालेका पालिका कमाण्डर

    यी हुन् खोटाङ एमालेका पालिका कमाण्डर


    • बुधवार, कार्तिक १० २०७८

    • नेपाल वाइड


    यी हुन् खोटाङ एमालेका पालिका कमाण्डर
    एमाले बराहपोखरी गाउँपालिका अधिबेसनमा सहभागी स्थानीय । तस्बिर : गोमादेवी मगरको फेसबुक

    खोटाङ । कात्तिक १०, खोटाङका १० वटै स्थानीय तहमा एमालेले नयाँ नेतृत्व चयन गरेको छ । १० औं राष्ट्रिय महाधिबेसन अन्तरगत एमालेले मंगलबार दुई नगरपालिका र आठ गाउँपालिकामा सर्वसहमतीय ढंगले नयाँ पालिका कमिटि निर्माण गरेको हो ।

    जिल्लाकै ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एमाले अध्यक्षमा ३३ वर्षीय गोपालचन्द्र आचार्य चयन भएका छन् । ७५ सदस्यीय नगर कमिटिको उपाध्यक्षमा मनिचन्द्र राई, सचिबमा चित्रकुमार राई, उप–सचिवमा लिला चौहान र बिनोद खड्का चयन भएका छन् ।

    हलेसी तुवाचुङ नगरपालिकामा ४९ वर्षीय डिल्ली चाम्लिङ नगर कमिटि अध्यक्ष चुनिएका छन् । नगर कमिटिको उपाध्यक्षमा उमेशकुमार पौडेल, अनिश कार्की, रविन साम्पाङ, युवराज आले, वर्णकुमार राई, लंकसेर राई, लोचन श्रेष्ठ, फौदसिं कार्की र नयन राई चयन भएका छन् । सचिवमा प्रमोद श्रेष्ठ र सर्वधन वस्नेत, उप–सचिवमा रुद्रबहादुर खत्री, रवि राई, दुर्गा श्रेष्ठ र घनश्याम रेग्मी चयन भएको एमालेले जनाएको छ ।

    यस्तै, ऐसेलुखर्क गाउँपालिकाको एमाले पालिका अध्यक्षमा ३९ वर्षीय टेकेन्द्र राजभण्डारी चुनिएका छन् । पालिका कमिटिको उपाध्यक्षमा अरुण राई, सचिवमा माधव राई, उप–सचिवमा सविन राई र बालकुमार राई चयन भएका छन् ।

    केपिलासगढी गाउँपालिकामा एमाले अध्यक्षमा खगेन्द्र राई, उपाध्यक्षमा सन्तोष राई, सचिवमा नारायण राई, सह–सचिवमा भानु तिम्सिना र ज्ञानकुमार राईलाई चयन गरिएको केपिलासगढी गाउँपालिकाकी उपाध्यक्ष रहेकी एमाले नेतृ हिराकुमारी वनले जानकारी दिईन् ।

    खोटेहाङ गाउँपालिकामा एमाले पालिका कमिटिको अध्यक्षमा विकास राई, उपाध्यक्षमा टंकप्रसाद खतिवडा, सचिवमा अम्बरबहादुर बस्नेत, उपसचिवमा सन्तोष राई र अशोक सिलवाल चयन भएको एमालेले जनाएको छ ।

    यस्तै, एमाले जन्तेढुंगा गाउँपालिका अध्यक्षमा यामकुमार राई, उपाध्यक्षमा राजकुमार राई, सचिवमा जगत किराती, सह–सचिवमा कजन खड्का र सम्झना राईलाई चयन गरिएको छ ।

    एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा कृष्ण कार्की, उपाध्यक्ष धनकुमार राई, सचिवमा मनोज राई, उप–सचिवमा विजय राई र मिलन राई चयन भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

    एमाले बराहपोखरी गाउँपालिका अध्यक्षमा दिर्घबहादुर मगर, उपाध्यक्षमा देशबिर राई र नवीन तामाङ, सचिवमा निश्चल खड्का, उप–सचिवमा टिका आचार्य राई र राजेश बञ्जरा चयन भएको बरापोखरी गाउँपालिकाकी उपाध्यक्ष रहेकी एमाले नेतृ गोमादेवी मगरले बताईन् ।

    रावाबेँसी गाउँपालिकामा एमाले पालिका अध्यक्षमा बलराम रिजाल, उपाध्यक्षमा समला राई, सचिवमा यज्ञनारायाण श्रेष्ठ (राजु), उप–सचिवमा शिवराज राई र रिजन भुजेल चयन भएका छन् ।

    साकेला गाउँपालिका अध्यक्षमा आश्विनचन्द्र राई, उपाध्यक्षमा शिव कट्वाल, सचिवमा शिव बस्नेत, उप–सचिवमा चन्द्रकला ढकाल र लक्ष्मीभक्त ढकाल चयन भएको एमालेले जनाएको छ ।

    सम्बन्धित समाचार