मंगलवार, कार्तिक ९ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक ९, खोटाङका १० वटै स्थानीय तहमा नेकपा एमालेको पालिका अधिबेसन हुँदैछ । आसन्न १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा पालिका अधिबेसन हुन लागेको हो । पालिका अधिबेसनको तयारी पुरा भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।
एमालेको पालिका अधिबेसनबाट पदाधिकारी सहित ७५ सदस्यीय पालिका कमिटि गठन हुने व्यवस्था छ । पालिका अधिबेसनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने एमालेले जनाएको छ । पालिका कमिटिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव र सदस्य चयन गरिने छन् । पालिका अधिबेसन सर्वसहमतीय ढंगबाट टुंग्याइने अध्यक्ष दंगालले बताए ।
पालिका अधिबेसनका लागि जिल्लाका ७९ वडामध्ये ६ कात्तिकदेखि ८ कात्तिकसम्ममा ७८ वडाको अधिबेसन सकिएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको अधिबेसन भने प्रतिनिधि चयन गरेर स्थगित भएको छ ।
पालिका अधिबेसनपछि सो वडाको अधिबेन टुंग्याइने एमालेले जनाएको छ । ७८ वडा अधिबेसनबाट २ हजार ४१८ वडा स्तरिय नेता तथा कार्यकर्ताले वडामा नयाँ जिम्मेवारी पाएका छन् ।