Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    बुईपामा जनता समाजवादीको वडा समिति विस्तार

    बुईपामा जनता समाजवादीको वडा समिति विस्तार


    • शनिवार, कार्तिक ६ २०७८

    • नेपाल वाइड


    बुईपामा जनता समाजवादीको वडा समिति विस्तार
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जनता समाजवादी पार्टीको वडा समिति विस्तारकाक्रममा ।

    खोटाङ । कात्तिक ६, जनता समाजवादी पार्टीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा वडा समिति विस्तार गरेको छ । सञ्जिव राईको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति गठन गरिएको जनता समाजवादी पार्टीले जनाएको छ ।

    वडा समितिको उपाध्यक्षमा हिरा राई र हिरा भुजेल, सचिवमा जर्मन राई र सह–सचिवमा राजेश राई चयन भएको विद्यार्थी संगठनका केन्द्रिय सदस्य तथा जसपा खोटाङका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख रबिन खम्बूले जानकारी दिए ।


    शनिबार आयोजित कार्यक्रममा जसपाका केन्द्रिय सदस्य तथा कृषि विज्ञ मदन राई, केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का सचिव सुर्य राई, संघीय परिषद सदस्य राकेश राई, जिल्ला अध्यक्ष टंक थापा, दिक्तेल रुपाकोट मझुवागढी नगर समिति अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य निर्मल राई, जिल्ला सदस्य धनिराम नछुङ्ग, युवा नेता दुर्यधन राई लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार