Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    ५० भन्दा बढि वडामा एमालेको वडा अधिबेसन टुंगिए

    ५० भन्दा बढि वडामा एमालेको वडा अधिबेसन टुंगिए


    • शनिवार, कार्तिक ६ २०७८

    • नेपाल वाइड


    ५० भन्दा बढि वडामा एमालेको वडा अधिबेसन टुंगिए
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानम्बर २ को सोल्मा वडा अधिवेसनकाक्रममा ।

    खोटाङ । कात्तिक ६, खोटाङका ५० भन्दा बढि वडामा नेकपा एमालेको वडा अधिबेसन टुंगिएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ५० भन्दा बढि वडामा सर्वसहमतीमा नेतृत्व टुंगिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

    साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको वडा अधिबेसन आइतबारसम्मका लागि स्थगित गरिएको छ । उद्घाटन लगत्तै समय अभावका कारण भन्दै बन्दसत्र एक दिनपछि सारिएको अध्यक्ष दंगालले बताए ।

    यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अधिबेसन भने स्थगित भएको छ । ‘प्राविधिक कारणवस’ दुई सछितापोखरी र दोर्पाचिउरीडाँडाको अधिबेसन आइतबार वा सोमबार हुने अध्यक्ष दंगालले बताए । बाँकी वडाको अधिबेसन भने शनिबार राती अबेरसम्ममा सकिने एमालेले जनाएको छ ।

    आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिबेसनबाट २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन् ।

    प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरिय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिबेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव सहित सदस्य चयन गर्ने छन् । आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

    सम्बन्धित समाचार