Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    खोटाङका ७९ वटामा एमालेको अधिबेसन, २ हजार ४४९ ले नयाँ जिम्मेवारी पाउँदै

    खोटाङका ७९ वटामा एमालेको अधिबेसन, २ हजार ४४९ ले नयाँ जिम्मेवारी पाउँदै


    • शनिवार, कार्तिक ६ २०७८

    • नेपाल वाइड


    खोटाङका ७९ वटामा एमालेको अधिबेसन, २ हजार ४४९ ले नयाँ जिम्मेवारी पाउँदै
    सांकेतिक तस्बिर

    खोटाङ । कात्तिक ६, खोटाङमा नेकपा एमालेका २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन् ।

    मुलुकभर शनिबार हुने वडा अधिबेसन अन्तरगत खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामा प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरिय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् ।

    जिल्लाका सबै वडामा सर्वसहमतीय ढंगले वडाको नेतृत्व टुंग्याइने नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए । वडा अधिबेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव सहित सदस्य चयन गर्ने छन् ।

    आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन लागेको हो । प्रतिकूल मौसम तथा कावु बाहिरको अवस्थामा बाहेक वडा अधिबेसन शनिबार सम्पन्न हुने एमालेले जनाएको छ । आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

    सम्बन्धित समाचार