शुक्रवार, कार्तिक ५ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक ५, खोटाङका प्रदेशसभा सांसद राजन राईले नेपाल कम्यूनिट पार्टी (एकीकृत समाजवादी)को पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटिको उपाध्यक्षको जिम्मेवारी पाएका छन् ।
नेपाल कम्यूनिट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय कमिटिको पछिल्लो बैठकले प्रदेशसभा सांसद राईलाई पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटिको उपाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । नेपाल कम्यूनिट पार्टी (एकीकृत समाजवादी)ले प्रदेशसभा सांसद राई सहित खोटाङका सात जनालाई माथिल्लो तहको नयाँ जिम्मेवारी दिएको छ ।
खोटाङ जिल्ला कमिटि अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रहेका बबी चाम्लिङलाई केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज, प्रस्तावित केन्द्रिय कमिटि सदस्य एवं सम्पर्क समन्वय कमिटिका केन्द्रिय सदस्य रहेका बिरवलकाजी राईलाई केन्द्रिय सदस्य तथा खोटाङ सह–इन्चार्जको जिम्मेवारी दिइएको नेपाल कम्यूनिट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ ।
यस्तै, रमिला गुरुङले बैकल्पिक केन्द्रिय सदस्य, भागवत घिमिरेले राष्ट्रिय परिषद सदस्य, भीम राईले निर्वाचन आयोगको सदस्य र देवी न्यौपाने (बाबुराम न्यौपाने)ले केन्द्रिय सल्लाह परिषद सदस्यको जिम्मेवारी पाएका छन् ।