शुक्रवार, कार्तिक ५ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक ५, नेकपा माओवादी केन्द्रले खोटाङका पुर्वसांसद टंक राईलाई अनुशासन आयोग प्रमुखको जिम्मेवारी दिएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहिबार बसेको बैठकले पुर्वसांसद राईलाई २५ सदस्यीय अनुशासन आयोगको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बौद्धिक वामपन्थी नेताको छवि बनाएका राईले स्थायी कमिटि सदस्य सरह हैसियतको अनुशासन आयोग प्रमुखको जिम्मेवारी पाएका हुन् । खोटाङकै अर्का नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले पार्टी स्कूल विभागको प्रमुखको जिम्मेवारी पाएका छन् ।