Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कृषि

    वर्षासँगै चलेको हावाहुरीले वालीनालीमा क्षती

    वर्षासँगै चलेको हावाहुरीले वालीनालीमा क्षती


    • मंगलवार, कार्तिक २ २०७८

    • नेपाल वाइड


    वर्षासँगै चलेको हावाहुरीले वालीनालीमा क्षती
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वर्षासँगै चलेको हावाहुरीले ढालेको धान । तस्बिर सौजन्य :

    खोटाङ । कात्तिक २, दुई दिनदेखि जारी वर्षासँगै चलेको हावाहुरीले खोटाङमा वालीनालीमा क्षती पु¥याएको छ । वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, कोदो, जुनेलो लगायतका वालीनालीमा क्षती पुर्‍याएको हो ।

    भित्र्याउनेबेलाको वालीनालीमा क्षती पुग्दा किसान चिन्तित बनेका छन् । जिल्लाको दुई नगरपालिका र आठ वटै गाउँपालिकाका किसानले लगाएको वालीनालीमा पानी र हावाहुरीले क्षती पुर्‍याएको हो ।

    हावाहुरीले सबैभन्दा बढि धान वालीमा क्षती पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दश नंग्रा खियाएर लगाएको वालीनाली सखाप हुँदा किसानको बेहाल बनाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष ललित राईले बताए ।

    हाल हावाहुरीले निमिट्यान्न बनाएर ढालेको धानको तस्बिर सामाजिक सञ्जालमा छाइरहेको छ । दिक्तेलका स्थानीय नबराज राईले हावाहुरीले लडाएको धानबालीको फोटो फेसबुकमा राखेर ‘धान स्वाहा भयो’ लेखेका छन् ।

    दिक्तेलकै शिक्षक ज्ञानप्रसाद आचार्यले ‘वर्षभरीको कमाई एकै छाक’ भन्दै हावाहुरीले ढालेको धानवालीको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।

    खोटाङमा जिल्लाभरी १२ हजार ८ सय ९८ हेक्टर जमिनमा धान रोपाँई हुने गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा २९ हजार ३४२ मेट्रिक टन र आर्थिक वर्ष २०७६/०७७ मा १८ हजार ५७ सय मेट्रिक टन उत्पादन भएको थियो ।

    सम्बन्धित समाचार