Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    युवा संघ हलेसी तुवाचुङ : नगर कमिटि इन्चार्जमा चाम्लिङ, अध्यक्षमा भुजेल

    युवा संघ हलेसी तुवाचुङ : नगर कमिटि इन्चार्जमा चाम्लिङ, अध्यक्षमा भुजेल


    • आइतवार, आश्विन २४ २०७८

    • नेपाल वाइड


    युवा संघ हलेसी तुवाचुङ : नगर कमिटि इन्चार्जमा चाम्लिङ, अध्यक्षमा भुजेल
    युवा संघ नगर कमिटिको दोश्रो अधिबेसन ।

    खोटाङ । असोज २४, खोटाङमा युवा संघ नेपाल हलेसी तुवाचुङ नगर कमिटिको इन्चार्जमा सुवास चाम्लिङ चुनिएका छन् । शनिबार हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा भएको युवा संघ नगर कमिटिको दोश्रो अधिबेसनले चाम्लिङलाई नगर इन्चार्जमा चयन गरेको हो । युवा संघको नगर कमिटि सह–इन्चार्जमा राजेन्द्र राई चयन भएका छन् ।

    अधिबेसनले धनकुमार भुजेलको अध्यक्षतामा ८५ सदस्यीय युवा संघको हलेसी तुवाचुङ नगर कमिटि गठन गरेको छ । नगर कमिटिको उपाध्यक्षमा लालबहादुर राउत, सचिवमा दुर्गाधन राई (किसन), सह–सचिव गणेश राई र कोषाध्यक्षमा सीता राउतलाई चयन गरिएको युवा संघ खोटाङका अध्यक्ष रसकुमार राईले जानकारी दिए ।

    कार्यक्रममा खेलकुद महासंघ नेपालका अध्यक्ष रमेश पौडेल, नेकपा एमाले प्रदेश कमिटि सदस्य खडेन्द्र राई, सुरेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर एवं जिल्ला सचिवालय सदस्य दिपनारायण रिजाल, उपमेयर एवम् प्रदेश कमिटि सदस्य विनादेवी राई लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार