Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    अशोक राईले पुर्खालाई टोपी ओढाएर गरे ‘शिर उभ्याउनी’

    अशोक राईले पुर्खालाई टोपी ओढाएर गरे ‘शिर उभ्याउनी’


    • शनिवार, आश्विन २३ २०७८

    • नेपाल वाइड


    अशोक राईले पुर्खालाई टोपी ओढाएर गरे ‘शिर उभ्याउनी’
    पुर्खालाई टोपी लगाइदिएर शिर उभ्यानी गर्दै जसपाका बरिष्ठ नेता अशोक राई । तस्बिर सौजन्य : रविन खम्बू

    खोटाङ । जनता समाजवादी पार्टीका बरिष्ठ नेता तथा पुर्वमन्त्री अशोक राईले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका पुर्खालाई टोपी ओढाएर शिर उभ्याउनी गरेका छन् ।

    देशका पार्टीले जनताको शिर ढाल्ने काम मात्रै गरेकाले जनता समाजवादी पार्टीको आयोजनामा शुक्रबार आयोजित कार्यक्रममा बरिष्ठ नेता राईले टोपी ओढाएर पुर्खाको शिर उभ्याउनी गरेका हुन् ।

    अन्य पार्टीले ढालेको जनताको शिर जनता समाजवादीले मात्र उठाउन सक्ने सन्देश स्वरुप शिर उभ्याउनी कार्यक्रम गरिएको जनता समाजवादीका जिल्ला सचिवालय सदस्य एबं समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य रबिन खम्बूले बताए ।

    किराती सँस्कृतिमा आफुभन्दा ठूलोलाई अपमान गरिए शिर ढल्ने र शिर ढले शिर उभ्याउने प्रचलन छ । ‘शिर उभ्याउनुलाई (सायेरेमा बतरेमा) भन्ने गरिन्छ । खासगरी अहिले नेपालका पार्टीहरुले जनताको शिर ढाल्ने मात्रै काम गरेको छ,’ खम्बूले भने, ‘अब जनताको शिर जसपाले मात्रै उठाउन सक्छ भन्ने हो । स्थानीय पुर्खालाई टोपी ओढाएर शिर उभ्याउँदै सम्मान गरिएको छ ।’

    सुज (संगठन सुदृढिकरण तथा जनजागरण) अभियानका क्रममा जनता समाजवादीले दुर्छिममा पुर्खाको शिर उभ्याउनी कार्यक्रम आयोजना गरेको हो । सुज अभियानका लागि बरिष्ठ नेता राई, केन्द्रिय सदस्य आङकाजी शेर्पा, केन्द्रिय सदस्य तथा किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई लगायत खोटाङमा आइपुगेका छन् ।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा बिहिबार आयोजित कार्यक्रममा कांग्रेस, एमाले र माओवादी केन्द्रमा आवद्ध ५० जना जनता समाजवादी प्रवेश गरेको खम्बूले जानकारी दिए । विकास राई र नवीन राईको नेतृत्वमा पार्टी प्रवेश गरेका कार्यकर्तालाई बरिष्ठ नेता राई लगायतले स्वागत गरेका थिए ।

    कार्यक्रममा जसपाका केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेश सचिव सुर्य राई, संघीय परिषद् सदस्य राकेश राई, कर्ण कार्की, जिल्ला अध्यक्ष टंक थापा, विद्यार्थी संगठनका केन्द्रिय उपमहासचिव प्रकाश चाम्लिङ, ट्रेड युनियनका केन्द्रिय उपमहासचिव दयाराम राई, विद्यार्थी संगठनका केन्द्रिय सदस्य अन्जिल राई, केपिलासगढी गाउँपालिका अध्यक्ष गुरुराज राई, युवा संगठनका अध्यक्ष गजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार