Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    सचेतनाको सुतली बम बिस्फोट गर : आङकाजी शेर्पा

    सचेतनाको सुतली बम बिस्फोट गर : आङकाजी शेर्पा


    • शनिवार, आश्विन २३ २०७८

    • नेपाल वाइड


    सचेतनाको सुतली बम बिस्फोट गर : आङकाजी शेर्पा
    नेपाल आदिबासी जनजाती महासंघका पुर्व केन्द्रिय महासचिव आङकाजी शेर्पा ।

    खोटाङ । नेपाल आदिबासी जनजाती महासंघका पुर्व केन्द्रिय महासचिव आङकाजी शेर्पाले नेपाल आदिबासी जनजाती महासंघ खोटाङका पदाधिकारीलाई प्रशिक्षण दिएका छन् ।

    जनता समाजवादी पार्टीको ‘सुज’ अभियानको सिलसिलामा खोटाङ आएका नेता शेर्पाले बिहिबार नेपाल आदिबासी जनजाती महासंघका पदाधिकारीलाई प्रशिक्षण दिएका हुन् ।

    शेर्पाले जनजाती महासंघलाई कुनै पनि पार्टीको भातृ संगठनजस्तो नवनाउन सचेत गराएका छन् । महासंघ सबै आदिवासीको निति तथा कार्यक्रम बनाउने संगठन भएको उल्लेख गर्दै शेर्पाले आदिवासीको अधिकारको निति बनाएर आ–आफ्नो पार्टीमा लागु गर्नका लागि दबाब सिर्जना गर्न ध्यानाकर्षण गराएका छन् ।

    जनता समाजवादीका नेता शेर्पाले ‘अव महासंघमा आवद्ध नेताले सचेतनाको सुतली बम बनाएर आ–आफ्नो पार्टी कार्यालयमा बिस्फोट गराउनुपर्ने धारणा राखेका छन् । शेर्पा खोटाङ आएको मौका पारेर नेपाल आदिबासी जनजाती महासंघले प्रशिक्षण कार्यक्रम राखेको थियो ।

    सम्बन्धित समाचार