बिहिवार, आश्विन २१ २०७८
नेपाल वाइड
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–६ दिप्सुङका विभिन्न पार्टीमा आवद्ध ६२ जना जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । सोमबार आयोजित कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गर्दै स्थानीय सन्जिव राई, सोम राई, ईमान राई र कुलबहादुर राईको नेतृत्वमा ६२ जनाको समुह जसपा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रका नेता कुलबहादुर राई, एमाले निकट युवा संघका दिप्सुङ अध्यक्ष युवराज राई लगायत पार्टी प्रवेश गरेको जनता समाजवादी पार्टीले जनाएको छ ।
नवप्रवेसीलाई जनता समाजवादीका बरिष्ठ नेता अशोक राई, केन्द्रिय सदस्य आङकाजी शेर्पा, केन्द्रिय सदस्य तथा किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ को सचिव सुर्य राई, संघीय परिषद् सदस्य राकेश राई, संघीय परिषद सदस्य कर्ण कार्की, जिल्ला अध्यक्ष टंक थापा, विद्यार्थी संगठनका केन्द्रिय उपमहासचिव प्रकाश चाम्लिङ लगायतले पार्टीमा स्वागत गरेका छन् ।
सोही कार्यक्रमबाट साथै सन्जिव राईको अध्यक्षतामा जसपाको ५७ सदस्य वडा समिति गठन गरिएको जसपाका युवा नेता रबिन खम्बूले जानकारी दिए ।