मंगलवार, आश्विन १९ २०७८
नेपाल वाइड
खोटाङ । खोटाङको साकेला गाउँपालिकामा योङ कम्यूनिष्ट लिग (वाइसिएल) नेपालको सम्मेलन आयोजक कमिटि गठन गरिएको छ । वाइसिएल नेपाल साकेला गाउँपालिकाको आइतबार सम्पन्न प्रथम पालिका स्तरीय भेलाले रविन राईको संयोजकत्वमा ६३ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो ।
वाइसिएलको पालिका स्तरिय सम्मेलन आयोजक कमिटिको सह–संयोजकमा भिमराज बस्नेत, सचिवमा देवराज तामाङ, सह–सचिवमा उमेश परियार र कोषाध्यक्षमा मञ्जु तामाङ चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा खोटाङ सह–इन्चार्ज ध्रुब बुढाथोकी धिरेनको प्रमुख आतिथ्यतामा योङ कम्यूनिष्ट लिग साकेला गाउँपालिकाको प्रथम पालिका स्तरिय भेला सम्पन्न भएको हो ।