Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मास्क नलगाए सार्वजनिक गाडीमा चढ्न नपाइने

    मास्क नलगाए सार्वजनिक गाडीमा चढ्न नपाइने


    • बिहिवार, आश्विन १४ २०७८

    • नेपाल वाइड


    मास्क नलगाए सार्वजनिक गाडीमा चढ्न नपाइने
    फायल तस्बिर

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाए सार्वजनिक सवारीसाधनमा चढ्न नपाइने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालद्वारा आज जारी आदेशानुसार यस्तो निर्णय गरिएको हो ।

    ‘‘यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्नेछ । कुल स्वीकृति सिटभन्दा बढी यात्रुहरु नचढाउने, चालक, सहचालकले अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउनुपर्नेछ । सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । दैनिक सवारीसाधन स्यानिटाइज गर्नुपर्नेछ,” उनले भने । 

    अनुगमनका क्रममा आदेश अवज्ञा भएको पाइएमा संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

    सम्बन्धित समाचार