Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    माधव नेपाल त्रिवि शिक्षण अस्पतालमा भर्ना

    माधव नेपाल त्रिवि शिक्षण अस्पतालमा भर्ना


    • बुधवार, आश्विन १३ २०७८

    • नेपाल वाइड


    माधव नेपाल त्रिवि शिक्षण अस्पतालमा भर्ना
    फायल तस्बिर

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

    ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको उनको स्वकीय सचिवालयले जनाएको हो ।

    अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएको उनका स्वकीय सचिव मोहन गौतमले बताए ।

    गौतमका अनुसार नेता नेपालको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाति रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली उपचारमा संलग्न रहेको छ ।

    सम्बन्धित समाचार