Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ३२७ जनामा कोरोना पुष्टि, २४० जना संक्रमणमुक्त

    प्रदेश १ मा ३२७ जनामा कोरोना पुष्टि, २४० जना संक्रमणमुक्त


    • सोमवार, आश्विन ११ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ३२७ जनामा कोरोना पुष्टि, २४० जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । असोज ११, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इलाम, धनकुटा र संखुवासभामा २–२, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो ।

    झापाको विर्तामोडमा २२, मेचीनगरमा १२, दमक र बुद्धशान्तिमा ९–९, अर्जुनधारामा ७, शिवसताक्षी र कनकाईमा ६–६, भद्रपुरमा ४, कमल गाउँपालिकामा ३, गौरादह र हल्दिबारीमा २–२, कचनकवल , बाहृदशी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा १३, बेलबारीमा ९, बुढीगंगामा ६, सुनबर्षी र उर्लाबारीमा ३–३, कटहरीमा २, कानेपोखरी, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३७, धरानमा ७, दुहवीमा ३, रामधुनी, बराहक्षेत्र र इनरुवामा १–१, इलामको इलाम नगरपालिका, धनकुटाको पाख्रिबास र संखुवासभाको धर्मदेवीमा २–२, पाँचथरको स्थानीय तह नखुलेका, ताप्लेजुङको श्रीजंगा, भोजपुरको भोजपुर नगरपालिका, तेहृथुमको फेदाप र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२६ महिला र ११४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार