Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    बासपानीका २३ जना जसपा प्रवेश

    बासपानीका २३ जना जसपा प्रवेश


    • सोमवार, आश्विन ११ २०७८

    • नेपाल वाइड


    बासपानीका २३ जना जसपा प्रवेश

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका २३ जनालाई जनता समाजवादी पार्टीले प्रवेश गराएको छ । बासपानीमा आयोजित कार्यक्रममा कांग्रेस, एमाले र माओवादी केन्द्रमा आवद्ध स्थानीयलाई पार्टी प्रवेश गराइएको जनता समाजवादीका जिल्ला सचिवालय सदस्य एबं प्रचार–प्रसार विभाग प्रमुख रबिन खम्बूले जानकारी दिए ।

    नवप्रवेसीलाई जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंका थापा, उपाध्यक्ष पिके खम्बू, विद्यार्थी नेता कृष्ण गिरी लगायतले स्वागत गरेका थिए ।

    कार्यक्रमले माइतीराज राईको अध्यक्षतामा जसपाको १९ सदस्यीय खोक्मा टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अम्बरबहादुर राई र चित्रकुमार राई, सचिवमा मन्देश राई र कोषाध्यक्षमा यातृका राई चयन भएका छन् ।

    सम्बन्धित समाचार