Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    दिप्रुङ कांग्रेसको सभापतिमा अमृत गिरी

    दिप्रुङ कांग्रेसको सभापतिमा अमृत गिरी


    • सोमवार, आश्विन ११ २०७८

    • नेपाल वाइड


    दिप्रुङ कांग्रेसको सभापतिमा अमृत गिरी
    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको पालिका सभापतिमा निर्बाचित भएपछि अृमत गिरि (दायाँ) तस्बिर सौजन्य : भुपेन्द्र राई फेसबुक

    खोटाङ । असोज ११, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको पालिका सभापतिमा अमृत गिरी चयन भएका छन् । गाउँपालिका सभापतिका प्रत्यासी डम्बर खड्काले उम्मेद्वारी फिर्ता लिएपछि गिरी पालिका सभापतिमा निर्विरोध चयन भएका हुन् ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडा अधिबेसनको विषयलाई लिएर गाउँपालिका अधिबेसन दुई दिनपछि ढकेलिएको हो ।
    आइतबारका लागि सारिएको गाउँपालिका अधिबेसन सहमतीको प्रयासका लागि भन्दै पुःन सोमबार बिहानका लागि सारिएको थियो ।

    निर्वाचन अधिकृत पञ्चुकुमार राईले ‘सोमबार बिहान ८ बजेसम्म सहमतीको प्रयास जारी राख्ने र सहमती नभए बिहान ९ बजेबाट चुनावी प्रकृया अघि बढाउने’ सूचना टाँस गरेका थिए ।

    तर, पदाधिकारी सहित ९ जनाको समुह बनाएर सभापतिमा उम्मेद्वारी दिएका खड्काले उम्मेद्वारी फिर्ता लिएपछि गिरी गाउँपालिका सभापतिमा निर्वाचित भएको कांग्रेसले जनाएको छ । २०४६ साल बैसाख २४ गते जन्मिएका गिरी जिल्लाकै कान्छो पालिका सभापति बनेका छन् ।

    गत भदौ १८ गते मत गणनाका क्रममा १०८ औं मतपत्र समावेसी र खुलातर्फको स्टीच गरिएको हुनुपर्नेमा दुबै खुलातर्फको मतपत्र स्टीच गरेको भेटिएको निहुमा याम्खा कांग्रेसको वडा अधिबेसन विवादकाबिच टुंगिएको थियो ।

    सो विवादलाई निकास दिनकालागि कांग्रेसले जिल्ला सचिव ज्ञानेन्द्र जोशीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । सो छानविन समितिले गाउँपालिका अधिबेसन उद्घाटनकै दिन शनिबार ‘वडा अधिबेसन प्रकृयागतरुपमा सही भएको’ प्रतिबेदन उपलव्ध गराएको थियो ।

    विवादका कारण दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कांग्रेस अधिबेसनलाई चासोका साथ हेरिएको थियो । जिल्लाका १० वटै स्थानीय तहमध्ये नौ स्थानीय तहमा कांग्रेसको नगर/गाउँपालिका अधिबेसन टुंगिसकेको छ ।

    सम्बन्धित समाचार