Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    यस कारण पुःन सर्‍यो दिप्रुङ कांग्रेसको अधिबेसन

    यस कारण पुःन सर्‍यो दिप्रुङ कांग्रेसको अधिबेसन


    • आइतवार, आश्विन १० २०७८

    • नेपाल वाइड


    यस कारण पुःन सर्‍यो दिप्रुङ कांग्रेसको अधिबेसन
    सांकेतिक तस्बिर

    खोटाङ । असोज १०, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको अधिबेसन पुःन एकदिन पछि सारिएको छ । सहमतीको प्रयासका लागि भन्दै सोमबार बिहानसम्मका लागि गाउँपालिका अधिबेसन सारिएको हो ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडा अधिबेसनको विषयलाई लिएर गाउँपालिका अधिबेसन आइतबार बिहान १० बजेदेखि सुरु गर्ने सहमती भएको थियो ।

    तर, आइतबार उम्मेद्वारको नामावली प्रकाशन बाहेकका निर्वाचन प्रकृया अघि बढ्न नसकेको कांग्रेसले जनाएको छ । निर्वाचन अधिकृत पञ्चुकुमार राईले ‘सोमबार बिहान ८ बजेसम्म सहमतीको प्रयास जारी राख्ने र सहमती नभए बिहान ९ बजेबाट चुनावी प्रकृया अघि बढाउने’ सूचना टाँस गरेका छन् ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अमृत गिरी र डम्बर खड्का चुनावी मैदानमा उत्रिएका छन् । गिरीलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राईको र खड्कालाई कांग्रेस खोटाङका पुर्वसभापति विष्णुकुमार राईको समर्थन छ । ४२ सदस्यीय गाउँपालिका कार्य समितिको धेरैजसो सदस्य भने सहमतीबाट टुंग्याइसकिएको छ ।

    गत भदौ १८ गते मत गणनाका क्रममा १०८ औं मतपत्र समावेसी र खुलातर्फको स्टीच गरिएको हुनुपर्नेमा दुबै खुलातर्फको मतपत्र स्टीच गरेको भेटिएको निहुमा याम्खा कांग्रेसको वडा अधिबेसन विवादकाबिच टुंगिएको थियो ।  सो विवादलाई निकास दिनकालागि कांग्रेसले जिल्ला सचिव ज्ञानेन्द्र जोशीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

    याम्खाको वडा अधिबेसनको विवाद छानविनका क्रममा रहेकाले गाउँपालिका अधिबेसन सुरु गर्ने/नगर्ने भन्नेमा मतभेद सुरु भएपछि छानविन समितिले शनिबार ‘वडा अधिबेसन प्रकृयागतरुपमा सही भएको’ प्रतिबेदन उपलव्ध गराएको थियो । सो प्रतिबेदन प्राप्त भएपछि दुबैपक्षको सहमतीमा गाउँपालिका अधिबेसन एक दिनपछि सारिएको थियो ।

    सम्बन्धित समाचार