Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    संञ्चार

    जसले खिचे टेलीकमको ध्यान...

    जसले खिचे टेलीकमको ध्यान...


    • आइतवार, आश्विन १० २०७८

    • नेपाल वाइड


    जसले खिचे टेलीकमको ध्यान...
    अनलाईन कक्षाका लागि रुखमा बनाएको डेरामा छात्र धनबहादुर मगर । तस्बिर : नेपालवाई डटकम

    खोटाङ । असोज १०, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार राईले रुखमा डेरा बनाएर अनलाई कक्षा लिएको खबर सार्वजनिक भएपछि फोरजी टावर सञ्चालनमा नेपाल टेलीकमको ध्यानाकर्षण भएको छ ।

    सरस्वती माबि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरले घर नजिकै रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी बनेको खबर सनसनी फैलिएको केही समयपछि नेपाल टेलीकम ओखलढुंगाले अर्खौको कभरेज क्षेत्रमा नेपाल टेलीकमको सेवामा सुधार तथा फोरजी सेवा सञ्चालनका लागि अग्रसरता देखाएको हो ।

    रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी हुनुपर्ने विद्यार्थीको वाध्यतालाई मध्यनजर गर्दै तत्कालका लागि छात्र मगरको गाउँ लगायतलाई कभर गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित फोरजी टावर अनएयर गर्ने तयारी गरिएको नेपाल टेलीकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताए ।

    ‘बुईपामा टावर बनिसकेको अवस्था छ । छात्रको गाउँमा बुईपाको टावरले काम गर्छ,’ पन्थीले भने, ‘बाँकी केही उपकरण जडान गरेर शुक्रबारदेखि बुईपाको टावर अनएयर गर्ने तयारी गरेका छौँ ।’

    सरस्वती माबि अर्खौलेमा पुगेका नेपाल टेलीकम ओखलढुंगाका प्रमुख पन्थी र नेपाल टेलीकम दिक्तेलका प्रमुख खगेन्द्र बलम्पाकीले छात्र मगरको बसोबास रहेको क्षेत्रमा कभर गर्ने टावर सञ्चालनका लागि बुईपाको टावर तत्काल अनएयर गर्ने आश्वसन दिएको प्रअ नविन चाम्लिङले बताए ।

    यस्तै, अनलाईन कक्षाका लागि विद्यार्थीले रुखमा चढ्नुपर्ने वाध्यताले चर्चा पाइपछि अर्खौले लगायतका वडालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ क्षेत्रमा नयाँ फोरजी टावर राख्ने योजना अघि सारिएको टेलीकमले जनाएको छ । नयाँ टावर राख्नका लागि जग्गा हेर्ने र स्थान निश्चित गर्ने काम भइरहेको नेपाल टेलीकम ओखलढुंगाका प्रमुख पन्थीले बताए ।

    सम्बन्धित समाचार