आइतवार, आश्विन १० २०७८
नेपाल वाइड
खोटाङ । असोज १०, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चक्रकुमार राई कांग्रेसको नगरसभापतिमा निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिबेसन अन्तरगत शनिबार भएको नगर अधिबेसनबाट चक्रकुमार राई नगरसभापति निर्वाचित भएका हुन् ।
शनिबार राती घोषित मत परिणाम अनुसार राईको प्यानल बिजयी भएको कांग्रेसले जनाएको छ । उनको प्यानलबाट उपसभापतिमा काशिराज राई र देवेन्द्र राई, सचिवमा कमल गिरी र किशोरकुमार बस्नेत, सह–सचिवमा खेमराज कार्की र युवराज कार्की विजयी भएका छन् ।
यस्तै, केपिलासगढी गाउँपालिकामा हेमन्त राई गाउँपालिका सभापतिमा निर्वाचित भएको कांग्रेसले जनाएको छ । केपिलासगढीको मत परिणाम पनि शनिबार राती सार्वजनिक भएको हो ।
यस्तै, चुनावी प्रकृयाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रकाश श्रेष्ठ, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र बिष्ट र खोटेहाङ गाउँपालिकामा प्रेम थापा पालिका सभापतिमा विजयी भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतीमा कांग्रेसको पालिका सभापति लगायत चयन गरिएको छ ।
ऐसेलुखर्क गाउँपालिकामा सन्तबीर तामाङ, बराहपोखरी गाउँपालिकाका दिपक राई (खिलाराज), रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ट र साकेला गाउँपालिकाका बिजय गुरुङ (भलाकाजी) सभापति चुनिएका हुन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अधिबेसन एक दिनपछि सरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडाअधिबेसनको विषयलाई लिएर आइतबार बिहान १० बजेदेखि अधिबेसन सुरु गर्ने सहमती भएको कांग्रेसले जनाएको छ ।