Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कांग्रेस अधिबेसन :

    कांग्रेस नगरसभापति : चारमा सर्वसहमत, पाँचमा निर्वाचन, एक स्थगित

    कांग्रेस नगरसभापति : चारमा सर्वसहमत, पाँचमा निर्वाचन, एक स्थगित


    • शनिवार, आश्विन ९ २०७८

    • नेपाल वाइड


    कांग्रेस नगरसभापति : चारमा सर्वसहमत, पाँचमा निर्वाचन, एक स्थगित
    खोटाङ कांग्रेसका नगर तथा गाँउपालिका सभापतिमा निर्वाचित नेताहरु क्रमस प्रकाश श्रेष्ठ, सन्तबीर तामाङ, फटिक श्रेष्ठ, बाजिन्द्र विष्ट, भलाकाजी गुरुङ, खिलाराज राई दिपक र प्रेम थापा ।

    खोटाङ । असोज ९, खोटाङको चार पालिकामा सर्वसहमतीमा कांग्रेसको नगरसभापति चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये शनिबार भएको नगर/गाउँपालिका अधिबेसन अन्तरगत ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतीमा कांग्रेसको पालिका सभापति लगायत चयन गरिएको हो ।

    ऐसेलुखर्क गाउँपालिकामा सन्तबीर तामाङ, बराहपोखरी गाउँपालिकाका दिपक राई (खिलाराज), रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ट र साकेला गाउँपालिकाका बिजय गुरुङ (भलाकाजी) सभापति चुनिएका हुन् ।

    यस्तै, चुनावी प्रकृयाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रकाश श्रेष्ठ, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र बिष्ट र खोटेहाङ गाउँपालिकामा प्रेम थापा पालिका सभापतिमा विजयी भएको कांग्रेसले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकाको निर्वाचनको मत परिणाम आउन बाँकी छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अधिबेसन एक दिनपछि सरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडाअधिबेसनको विषयलाई लिएर आइतबार बिहान १० बजेदेखि अधिबेसन सुरु गर्ने सहमती भएको कांग्रेसले जनाएको छ ।

    सम्बन्धित समाचार