Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा (एकीकृत समाजवादी) खोटाङ–काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षमा अर्जुनभक्त

    नेकपा (एकीकृत समाजवादी) खोटाङ–काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षमा अर्जुनभक्त


    • शनिवार, आश्विन ९ २०७८

    • नेपाल वाइड


    नेकपा (एकीकृत समाजवादी) खोटाङ–काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षमा अर्जुनभक्त
    खोटाङ–काठमाण्डौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी एकीकृत (समाजवादी)का केन्द्रिय कमिटि सचिव राजेन्द्र राई । तस्बिर सौजन्य : माईतीराज राई

    खोटाङ । असोज ९, नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको खोटाङ–काठमाण्डौं सम्पर्क मञ्च गठन गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)को शनिबार काठ्माण्डौं कोटेश्वरमा भएको कार्यक्रमले अर्जुनभक्त राईको अध्यक्षतामा ४५ सदस्यीय खोटाङ–काठमाण्डौं सम्पर्क मञ्च गठन गरेको हो ।

    नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ–काठमाण्डौं सम्पर्क मञ्चको उपाध्यक्षमा रविन राई, शान्ती गुरुङ र प्रदिप राजभण्डारी, सचिवमा प्रकाश लुइटेल, उपसचिवमा उत्तम पौडेल र राजकुमार राई, कोषाध्यक्षमा सन्तोष दाहाल र सह–कोषाध्यक्षमा लक्ष्मी गुरुङ चयन भएका छन् ।

    नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय महासचिव बेदुराम भुषाललाई प्रमुख अतिथि बनाएर सम्पर्क मञ्च समाहित र नेतृत्व चयन एवं नेपालीको महान चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको नेकपा (एकीकृत समाजवादी) खोटाङका सचिवालय सदस्य एबं युवा तथा खेलकुद विभाग प्रमुख माईतीराज राईले जानकारी दिए ।

    कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय कमिटि सचिव राजेन्द्र राई, पोलिटव्यूरो सदस्य एवं सम्पर्क समन्वय कमिटिका केन्द्रिय इन्चार्ज विजय गुरुङ, प्रस्तावित केन्द्रिय कमिटि सदस्य एवं सम्पर्क समन्वय कमिटिका केन्द्रिय सदस्य बिरबलकाजी राई, सम्पर्क समन्वय कमिटिका केन्द्रिय सदस्य तारानाथ दाहाल, नेकपा (एकीकृत समाजवादी) खोटाङ अध्यक्ष बबी चाम्लिङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मिलनकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ ।

    सम्बन्धित समाचार