शनिवार, आश्विन ९ २०७८
नेपाल वाइड
खोटाङ । असोज ९, नेकपा एमालेले हलेसी तुवाचुङ नगर अधिबेसन आयोजक कमिटि गठन गरेको छ । शनिबार सम्पन्न बैठकले खडेन्द्र राईको संयोजकत्वमा १०१ सदस्यीय पहिलो अधिबेसन आयोजक कमिटि गठन गरेको हो ।
एमाले विशेष प्रदेश कमिटि सदस्य एवं नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष रमेश पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलाले ११ सदस्यीय सचिवालय गठन गरेको छ ।
बैठकबाट आगामी असोज मसान्तभित्र वडा कमिटि आयोजक कमिटि निर्माण गर्ने निर्णय गरिएको एमाले नगर कमिटिले जनाएको छ । यस्तै, नगरपालिकाका ११ वडामा सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणका लागि ११ वटै टोली गठन गरिएको छ ।
कार्यक्रममा एमाले खोटाङका उपाध्यक्ष देवविक्रम राई, सचिवालय सदस्य सरेन्द्रकुमार राई, सम्मरबहादुर भुजेल, युवा संघका केन्द्रिय उपमहासचिव रमेश तिवारी, युवा संघको केन्द्रिय सचिवालय सदस्य रसकुमार राई, अनेरास्ववियुका केन्द्रिय सदस्य अनिष कार्की लगायतको उपस्थिति रहेको थियो ।