Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    यिनै हुन् कांग्रेस खोटाङका पालिका सभापतिका आकांक्षी

    यिनै हुन् कांग्रेस खोटाङका पालिका सभापतिका आकांक्षी


    • शुक्रवार, आश्विन ८ २०७८

    • नेपाल वाइड


    यिनै हुन् कांग्रेस खोटाङका पालिका सभापतिका आकांक्षी
    सांकेतिक तस्बिर

    खोटाङ । असोज ८, नेपाली कांग्रेसले अधिबेसनमार्फत खोटाङका १० स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्दैछ । कांग्रेस केन्द्रिय समितिको १४ औं महाधिबेसन तथा सातौं जिल्ला अधिबेसन अन्तरगत दुई नगरपालिका र आठ गाउँपालिकामा शनिबार हुने नगर/गाउँ अधिबेसनमार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो । नगर तथा गाउँपालिका सभापतिका लागि कम्तीमा समुहगत २० आकांक्षी देखिएका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगर सभापतिका लागि प्रकाश श्रेष्ठ र रामचन्द्र राई चुनावी मैदानमा उत्रिएका छन् । हलेसी तुवाचुङ नगरपालिकाको सभापतिमा चक्रकुमार राई र रमेश राउतबिच प्रतिष्पर्धा हुँदैछ ।

    केपिलासगढी गाउँपालिकामा हेमन्त राई र गोपाल राई, साकेला गाउँपालिकामा राम साम्पाङ, बिजय गुरुङ र सिजन राई, खोटेहाङ गाउँपालिकामा राजु ढकाल र प्रेम थापा, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र बिष्ट र अमित राईबिच प्रतिष्पर्धा हुने कांग्रेस श्रोतले जनाएको छ ।

    बराहपोखरी गाउँपालिकामा खिलाराज राई र जीवन राई चुनावी मैदानमा छन् । यद्यपी, बराहपोखरी गाउँपालिकामा सहमतीय ढंगले नेतृत्व चयनको प्रयास भइरहेको जनाइएको छ ।

    अन्य आकांक्षी देखिए पनि ऐसेलुखर्क गाउँपालिकामा सन्तबीर तामाङ र रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ठ सहमतीमै पालिका सभापतिमा चयन हुने निश्चितजस्तै भएको श्रोतले जनाएको छ । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अमृत गिरी कांग्रेसको पालिका सभापतिका बलियो उम्मेद्वार देखिएका छन् ।

    सम्बन्धित समाचार