Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    यस कारण प्रेमकुमार राई चुनावी मैदानमा उत्रिए

    यस कारण प्रेमकुमार राई चुनावी मैदानमा उत्रिए


    • शुक्रवार, आश्विन ८ २०७८

    • नेपाल वाइड


    यस कारण प्रेमकुमार राई चुनावी मैदानमा उत्रिए
    कांग्रेस नेता प्रेमकुमार राई

    खोटाङ । असोज ८, नेपाली कांग्रेसको १४ औं महाधिबेसन एवं ७ औं जिल्ला अधिबेसन अन्तरगत खोटाङका युवा नेता प्रेमकुमार राईले महाधिबेसन प्रतिनिधिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

    खोटेहाङ गाउँपालिका वडानम्बर-६ ईन्द्रेणीपोखरी निवासी कांग्रेस नेता राईले आसन्न अधिबेसनमा महाधिबेसन प्रतिनिधिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

    हाल कांग्रेसका जिल्ला सह–सचिवको भूमीकामा रहेका राईले कांग्रेस सुकिला मुकिलाको पार्टी बन्दै गएको सन्दर्भमा पार्टीभित्र सबैको समान हैसियत राख्न सक्ने संस्थागत विकासका लागि महाधिबेसन प्रतिनिधिमा उम्मेद्वारी दिने घोषणा गरेको बताए ।

    २०३६ सालको जनमत संग्रहका बेला भूमीगत रुपमा विद्यार्थी राजनिती सुरु गरेका प्रेमकुमार २०४७ सालमा नेपाल विद्यार्थी संघको क्षेत्रीय सदस्य, २०४८ सालमा नेपाल तरुण दलको क्षेत्रीय सदस्य, २०५२ सालमा कांग्रेस खोटाङ–काठमाण्डौं सम्पर्क समिति सदस्य, २०५४ सालमा सम्पर्क समितिका सह–सचिव, २०६८ सालमा कांग्रेसको जिल्ला सदस्य, २०७१ साल फागुन २९ गतेदेखि चैत २९ गतेसम्म कांग्रेस खोटाङको कार्यवाहक सभापति हुँदै २०७२ सालमा सह–सचिवको भूमीकामा पुगेका हुन् ।

    उनी २०७१ साल मंसिर १७ गतेको मन्त्री परिषदको निर्णय अनुसार चार वर्षका लागि आदिवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष पनि बनेका थिए ।

    कांग्रेस नेता राईले कांग्रेसलाई गुट–उपगुट र झुन्ड रहित संगठन निर्माण गर्न, सवैको समान अस्तित्व र हैसियत कायम राख्न, पार्टीलाई संस्थागत रुपमा एकतावद्ध ढंगले अघि बढाउन, हुने खानेको मात्र नभएर गरिखाने गरिव, असहाय र अशक्तको सह–अस्तित्व कायम गर्ने पार्टी बनाउनको लागि महाधिबेसन प्रतिनिधिमा विजयी गराउन क्षेत्रीय प्रतिनिधिलाई आग्रह गरेका छन् ।

    पछिल्लो समय राजनीति व्यक्तीगत स्वार्थ पुरा गर्ने पेशा बन्दै गएको छ । जनताको सेवामा राजनीति गर्ने भन्ने तर व्यक्तीगत स्वार्थमा लिप्त हुने प्रकृत्तिले राजनीति प्रदूषित बन्दै गएको छ । चप्पल टेकेर सँगै राजनीति गर्ने सहकर्मीहरु एकाएक गाडी चड्ने हैसियतमा पुगिरहेका छन् । प्रेमकुमार भने आर्थिकरुपमा जहाँको तहीँ छन् ।

    चाहेको भए उनले पनि व्यक्तीगत स्वार्थ आवश्यकता पूरा गर्न सक्थे । तर, उनको दृष्टि व्यक्तीगत फाईदामा होइन, जनताको सेवक बन्नुमा छ ।

    ‘हिजो हामी रातदिन खाली खुट्टा, खाली पेट हिँडेर संगठन निर्माणमा कुद्यौँ । अहिले गाडी, मोटर साइकल, खानपिन पनि के–के हो के–के ! तामझाम हेर्छु चकित पर्छु,’ राईले भने, ‘तर म उस्तै छु, सम्झन्छु, घोत्लिन्छु, मैले राजनीति गर्ने कि नगर्ने ! यो अवस्थाको अन्त्य हुन जरुरी छ ।’

    सम्बन्धित समाचार