बिहिवार, आश्विन ७ २०७८
नेपाल वाइड
खोटाङ । असोज ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर समिति सभापतिमा रामचन्द्र भट्टराई चयन भएका छन् ।
बिहिबार सम्पन्न अधिबेसनबाट भट्टराई राप्रपाको नगर सभापति चुनिएका हुन् । राप्रपाको ३९ सदस्यीय नगर समितिको सचिवमा गंगा श्रेष्ठ चयन भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पाटीको निर्देशन समितिका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा नगर अधिबेसन सम्पन्न भएको हो ।
नगर अधिबेसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १ नम्बर प्रदेश समितिका सह–सचिव ललितकुमार राई, राप्रपाका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ, उपाध्यक्ष इन्द्र राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चकुमार राईको सभापतित्वमा आयोजना गरिएको थियो ।