Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    खोटेहाङ गाउँपालीका सभापतिमा राजु ढकालको प्यानल सहित उम्मेदवारी

    खोटेहाङ गाउँपालीका सभापतिमा राजु ढकालको प्यानल सहित उम्मेदवारी


    • सोमवार, आश्विन ४ २०७८

    • नेपाल वाइड


    खोटेहाङ गाउँपालीका सभापतिमा राजु ढकालको प्यानल सहित उम्मेदवारी
    नेता राजु ढकालको प्यानल

    खोटाङ । नेपाली काङ्ग्रेस खोटेहाङ गाउँपालीका सभापतिमा युवा नेता राजु ढकालले प्यानल टिम सहित उम्मेदवारी सार्वजनिक गरेका छन ।

    नेपाली काङ्ग्रेस खोटाङको सातौ जिल्ला अधिवेशन अन्तर्गत असोज ९ गतेलाई तोकिएको पालीका अधिवेशनमा नेता ढकाल, अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन खोटेहाङ गाउँपालीका कार्यसमिती निर्माण हाम्रो अभियान भन्ने नारासहित उम्मेद्धारी सार्वजनिक गरेका हुन् ।

    नेपाली काङ्ग्रेस तरुण विभागका केन्द्रिय सदस्य समेत रहेका नेता ढकाल आफ्नो प्यानल पुर्ण रुपमा समावेशी साथै बलियो भएको दाबी गरेका छन ।

    उनको टिमबाट उपसभापतिमा नेताहरु विमल लामा र विष्णु विष्ट प्रतिष्पर्धामा छन भने सचिवमा प्रविण केसि र धिरेन्द्र राईले उम्मेदवारी सार्वजनिक गरेका छन । त्यसैगरी सह-सचिवमा न्युटन कार्की र माघिका राईले उम्मेदवारी सार्वजनिक गरेका छन ।

    सभापतिका उम्मेद्धार नेता ढकालको प्यानललाई नेपाली काङ्ग्रेस खोटाङका पुर्व सभापती एवं महासमिती सदस्य विष्णुकुमार राई, महासमिती सदस्यहरु रविप्रकाश राई, केशव कार्की, हिरा गुरुङ, कमला राई साथै महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठ, सहरमान राई, नेपाली काङ्ग्रेस खोटाङका सचिव इच्छु राना, सह-सचिव प्रेमकुमार राई, कोषाध्यक्ष जीवन राई साथै नेपाली काङ्ग्रेस खोटाङका जिल्ल्ल सदस्यहरु वसन्त राई, भुवन श्रेष्ठ, शरण कुमार राई, दिनेश घिमिरे, जिल्ला सदस्य तथा वाराहपोखरी गाउपालीका प्रमुख शालिकराम बञ्जारा, प्रदेश सभा क्षेत्र नं. ख खोटाङका सभापती तिर्थराज भट्टराईसहितका नेताहरुको समर्थन रहेको बुझिएको छ ।

    सम्बन्धित समाचार