Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ३१३ जनामा कोरोना पुष्टि, २४७ जना संक्रमणमुक्त

    प्रदेश १ मा ३१३ जनामा कोरोना पुष्टि, २४७ जना संक्रमणमुक्त


    • आइतवार, आश्विन ३ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ३१३ जनामा कोरोना पुष्टि, २४७ जना संक्रमणमुक्त
    सांकेतिक तस्बिर

    विराटनगर । असोज ३, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इलाममा ८, धनकुटा र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो ।

    झापाको दमकमा २७, कनकाईमा १९, विर्तामोडमा १७, मेचीनगरमा १०, अर्जुनधारामा ८, शिवसताक्षीमा ६, भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकामा ३–३, गौरादह र कमल गाउँपालिकामा २–२, बाहृदशीमा १, मोरङको विराटनगरमा ७१, केराबारीमा ८, पथरीशनिश्चरेमा ६, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, बेलबारी, बुढीगंगा र लेटाङमा २–२, रतुवामाईमा १, सुनसरीको इटहरीमा ६५, बराहक्षेत्रमा ४, रामधुनीमा २, गढी र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा ६, देउमाई र सुर्योदयमा १–१, धनकुटाको चौवीसेमा २, महालक्ष्मीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा आज २४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ११२ महिला र १३५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार