Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    रतन्छाका ७१ जना कांग्रेस प्रवेश

    रतन्छाका ७१ जना कांग्रेस प्रवेश


    • आइतवार, आश्विन ३ २०७८

    • नेपाल वाइड


    रतन्छाका ७१ जना कांग्रेस प्रवेश
    रतन्छामा नवप्रवेसीलाई स्वागत गर्दै कांग्रेस महासमिति सदस्य रबिप्रकाश राईलगायत ।

    खोटाङ । असोज ३, खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका ७१ जना विभिन्न पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गरेका छन् । शनिबार आयोजित कार्यक्रममा एमाले, माओवादी केन्द्र र जसपा परित्याग गर्दै उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।

    एमालेका अविसन राई, शम्भुकुमार राई, निशान परियार, शैलेश राई लगायत पार्टी प्रवेश गरेको कांग्रेसले जनाएको छ । नवप्रवेसीलाई कांग्रेसका युवा नेता एवं महासमिति सदस्य रबिप्रकाश राईले पार्टीमा स्वागत गरेका छन् ।

    प्रमुख अतिथिकारुपमा कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता एवं महासमिति सदस्य राईले नवप्रवेसीको उचित मूल्यांकन गर्दै उपयुक्त जिम्मेवारी प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    कांग्रेस वडा कार्य समितिका नवनिर्वाचित सभापति शिवकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य राई सहित महाधिबेसन प्रतिनिधि सहरमान राई, नेविसंघका पुर्व जिल्ला अध्यक्ष एवं कांग्रेसका जिल्ला सदस्य दिनेश घिमिरे, नेपाल तरुण दलका जिल्ला अध्यक्ष भिषण राई, साकेला गाउपालिकाकी उपाध्यक्ष सरिता खड्का, बाँझेच्यानडाँडाका वडाध्यक्ष विजय गुरुङ, मात्तिमका वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, कांग्रेस क्षेत्र नम्बर २ का सह–सचिव सोमराज राई, तरुण विभाग प्रदेश नम्बर १ का सदस्य सिजन राई, कवि राई, धनपाल राई, नेबिसंघका जिल्ला उपाध्यक्ष जीवन न्यौपाने लगायतको उपस्थिति रहेको थियो । 

    सम्बन्धित समाचार