Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    बास्पानीमा नेकपा एकीकृत समाजवादीको ५७ सदस्यीय वडा समिति

    बास्पानीमा नेकपा एकीकृत समाजवादीको ५७ सदस्यीय वडा समिति


    • शनिवार, आश्विन २ २०७८

    • नेपाल वाइड


    बास्पानीमा नेकपा एकीकृत समाजवादीको ५७ सदस्यीय वडा समिति
    नेकपा एकीकृत समाजवादी पार्टी खोटाङद्धारा बास्पानीमा आयोजित कार्यक्रम ।

    खोटाङ । असोज २, नेकपा एकीकृत समाजवादी पार्टी खोटाङले केपिलासगढी गाउँपालिका-३ बास्पानीमा वडा समिति गठन गरेको छ । गाउँगाउँमा पार्टी समिति गठन अभियानमा जुटेको नेकपा एस खोटाङले बास्पानीमा शनिबार तुलाराम राईको अध्यक्षतामा ५७ सदस्यीय वडा समिति गठन गरेको हो ।

    पार्टीका १ नं. प्रदेश समिति कोषाध्यक्ष उदयबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको भेलाले उपाध्यक्षमा रुद्र खड्का, सचिव सन्तोष राई र सहसचिवमा अमृत रसाइली चयन गरेको छ ।

    जिल्ला उपसचिव अकिलकुमार राई विशेष अतिथि रहनुभएको भेलामा पार्टीको भावी रणनीति तथा कार्यक्रमका बारेमा छलफल भएको जिल्ला सचिवालय सदस्य एवम् युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राईले जानकारी दिनुभयो ।

    केन्द्रमा केपी ओली नेतृत्वको नेकपा एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएलगत्तै खोटाङमा समिति विस्तार अभियान चलाइएको जिल्ला सचिव जलशेर राईले बताउनुभयो । नेकपा एस खोटाङले शुक्रबार दिक्तेलमा जनवर्गीय सङ्गठनको भेला गरेको थियो ।

    सम्बन्धित समाचार