Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    याम्खा वडा अधिबेसनमा उत्पन्न विवादका विषयमा कांग्रेसको छानविन समिति

    याम्खा वडा अधिबेसनमा उत्पन्न विवादका विषयमा कांग्रेसको छानविन समिति


    • शनिवार, आश्विन २ २०७८

    • नेपाल वाइड


    याम्खा वडा अधिबेसनमा उत्पन्न विवादका विषयमा कांग्रेसको छानविन समिति
    याम्खाको वडा अधिबेसनको विषयमा आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञाप्ती पढेर सुनाउँदै नेपाल विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष नइन्द्र राई । फायल तस्बिर : नेपालवाईड डटकम

    खोटाङ । असोज २, नेपाली कांग्रेस खोटाङले दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडा अधिबेसनमा उत्पन्न विवादका विषयमा जाँचबुझ गर्न छानविन समिति गठन गरेको छ ।

    कांग्रेस जिल्ला कार्य समितिको शनिबार बसेको बैठकले जिल्ला सचिव ज्ञानेन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।

    तीन दिनभित्र छानविन सकेर प्रतिबेदन बुझाउने समय सीमा पाएको छानविन समितिको सदस्यमा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराई र तरुण दलका जिल्ला अध्यक्ष भिषण राई बनाइएका छन् ।

    गत भदौ १८ गते मत गणनाका क्रममा १०८ औं मतपत्र समावेसी र खुलातर्फको स्टीच गरिएको हुनुपर्नेमा दुबै खुलातर्फको मतपत्र स्टीच गरेको भेटिएको निहुमा याम्खा कांग्रेसको वडा अधिबेसन विवादकाबिच टुंगिएको थियो ।

    वडा अधिबेसन षडयन्त्र र धाँधलीपूर्ण ढंगबाट गराइएको भन्दै नेपाल विद्यार्थी संघ खोटाङका वरिष्ठ उपाध्यक्ष नइन्द्र राईले भदौ २२ गते दिक्तेलमा पत्रकार सम्मेलन गर्दै पुःन वडा अधिबेसनको माग गरेका थिए ।

    गाउँपालिका अध्यक्ष एवं कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राईको टिमबाट रामचन्द्र राई र नेविसंघका वरिष्ठ उपाध्यक्ष राईको टिमबाट नेत्रकुमार राई वडा सभापतिमा लडेका थिए । १९२ मत खसेको वडा अधिबेसनमा रामचन्द्रले १०४ मत र नेत्रकुमारले ८६ मत पाएको कांग्रेसले जनाएको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष एवं कांग्रेस महाधिबेसन प्रतिनिधि राई र नेविसंघका बरिष्ठ उपाध्यक्ष राईको वडा याम्खामा घम्साघम्सी अधिबेसन भएको थियो ।

    सो वडा अधिबेसनमा आफु विरुद्धका टिमलाई बढारेको गाउँपालिका अध्यक्ष राईमाथि आरोप छ । उनकै योजनामा दिप्रुङ चुईचुम्मा गाउँपालिका उपाध्यक्ष सपना राई, कांग्रेस जिल्ला सदस्य सरन राई लगायत वडामै छेकिएको वरिष्ठ उपाध्यक्ष राई समुहको दावी छ ।

    गाउँपालिका अध्यक्ष राईले भने हार हुने निश्चित भएपछि मत मतपत्रको विषयमा विवाद झिकिएको बताएका छन् । प्यानलका आधारमा याम्खाको कांग्रेस वडा अधिबेसनलाई जिल्लामै चासोका साथ हेरिएको थियो ।

    निर्वाचन गराउँदा अँध्यारो कोठामा मत पेटिका राखेर एक जनाले ५ भन्दा बढिको मत खसालेको, रातका समयमा मतदान प्रकृया अघि नबढाउन आग्रह गर्दागर्दै बेलुका ५ बजेदेखि रातको २ बजेसम्म मतदान गराउँदा अँध्यारोमा क्रियासिल सदस्य मतदानमा सहभागी भए/भएको देख्न नसकिएको, मतदान सकिए लगत्तै मत गणना सुरु गर्नुपर्नेमा धाँधलीकालागि ढिलो गणना सुरु गरिएको नेविसंघ उपाध्यक्ष राईको आरोप छ ।

    यस्तै, मत गणनाका क्रममा दुबै खुला मतपत्र भेटिएपछि सहमतीमा मत गणना स्थगित गरेर दुबै पक्षको प्रतिनिधि बाहिर गएको बेला गाउँपालिका अध्यक्ष राईले मतपत्र राखिएको कोठामा पसेर विपक्षको मतपत्रमा चिन्ह लगाएर बदर गराएको तथा आफ्नो पक्षको मतपत्र थपेको उपाध्यक्ष राईले दावी गरेका छन् ।

    सम्बन्धित समाचार