Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    समाजवादी पार्टीका दुई जना मन्त्रीले लिए सपथ

    समाजवादी पार्टीका दुई जना मन्त्रीले लिए सपथ


    • शुक्रवार, आश्विन १ २०७८

    • नेपाल वाइड


    समाजवादी पार्टीका दुई जना मन्त्रीले लिए सपथ

    काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीबाट दुईजना मन्त्रीहरु सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

    उनीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।

    तामाङ तत्कालीन नेकपाका प्रमुख सचेतक समेत थिए । उनलाई एमालेको अनौपचारिक विभाजनका बेला गत जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा पदबाट हटाइएको थियो । बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुले पनि २१ भदौमा एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् ।

    सम्बन्धित समाचार