Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    भूमि आयोग गठन, अध्यक्षमा केशव निरौला नियुक्त

    भूमि आयोग गठन, अध्यक्षमा केशव निरौला नियुक्त


    • बुधवार, भाद्र ३० २०७८

    • नेपाल वाइड


    भूमि आयोग गठन, अध्यक्षमा केशव निरौला नियुक्त
    फायल तस्बिर

    काठमाडौँ । सरकारले सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको हो । नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरिएको हो ।

    नवनियुक्त अध्यक्ष निरौलाले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाबाट शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरु समाधान गरिने बताए ।

    उनले दलित भूमिहीन र भूमिहीन र अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गरिने बताए । उनले सुकुम्बासीको नाममा धेरै समस्याहरु रहेको भन्दै यी सबै समाधान गरिने बताए ।

    ओली सरकारले गठन गरेको भूमि आयोगलाई देउवा सरकारले खारेज गरेको थियो । एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिएको थियो । ज्ञवालीले नेतृत्वको आयोगले ७७ जिल्लामा काम सुरु गरेको थियो ।

    सम्बन्धित समाचार