मंगलवार, भाद्र २९ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २९, खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमा नेकपा (एकीकृत समाजवादी)को वडा कमिटि गठन गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी)का जिल्ला कमिटि सचिवालय सदस्य एबं युवा तथा खेलकुद बिभाग प्रमुख माईतीराज राईको प्रमुख आतिथ्यतामा भएको भेलाले सुदीप बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटि गठन गरेको हो ।
वडा कमिटिको उपाध्यक्षमा तेजभक्त राई, सचिवमा रोशन राई, सह–सचिवमा अर्जुन राई र कोषाध्यक्षमा अम्बीका राई चयन भएका छन् ।
कार्यक्रममा कांग्रेसका क्रियासिल सदस्य आकाश राई र चन्द्रमनी राईलाई पार्टी प्रवेश गराइएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।
उनीहरुलाई नेकपा (एकीकृत समाजवादी)का जिल्ला कमिटि सचिवालय सदस्य एबं युवा तथा खेलकुद बिभाग प्रमुख राईले पार्टीमा स्वागत गरेका छन् ।