Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री जुटाइए

    जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री जुटाइए


    • मंगलवार, भाद्र २९ २०७८

    • नेपाल वाइड


    जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री जुटाइए
    जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिदै ।

    खोटाङ । भदौ २९, जिल्ला अस्पताल खोटाङलाई कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने स्वास्थ्य सामग्री जुटाइएको छ ।

    हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, कांग्रेस महाधिबेसन प्रतिनिधि बिरकाजी राई, तरुण दल खोटाङका अध्यक्ष भिषण राई र नेविसंघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतको पहलमा जिल्ला अस्पताललाई कोभिड–१९ को विरुद्ध उपयोग हुने एन्टीजेन किट, अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराइएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट एक हजार सेट एन्टीजेन किट, ५० लिटरको ५ पिस अक्सिजन सिलिण्डर र १० लिटरको २ पिस अक्सिजन कन्सन्ट्रेटर जुटाइएको हो ।

    कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै ल्याइएको स्वास्थ्य सामग्री सोमबार नेविसंघका जिल्ला अध्यक्ष बस्नेत र सदस्य बिराज आचार्यले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको उपस्थितिमा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. बैभव मल्लिकलाई हस्तान्तरण गरेका छन् ।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, स्वास्थ्यचौकी बडहरे, स्वास्थ्यचौकी फेदी र स्वास्थ्यचौकी लफ्याङलाई अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, एन्टीजेन किट, ल्यावको सामग्री, बिरामी बेड, थर्मल गन, पिपिई सेट, मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाइएको नेविसंघका अध्यक्ष बस्नेतले बताए ।

    कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै व्यक्तिगत र सामुहिक पहलमा जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री जुट्ने क्रम जारी छ ।

    सम्बन्धित समाचार