Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    सावाकटहरेमा एमाले लगायतका ४६ जना कांग्रेस प्रवेश

    सावाकटहरेमा एमाले लगायतका ४६ जना कांग्रेस प्रवेश


    • आइतवार, भाद्र २७ २०७८

    • नेपाल वाइड


    सावाकटहरेमा एमाले लगायतका ४६ जना कांग्रेस प्रवेश
    सांकेतिक तस्बिर

    खोटाङ । भदौ २७, नेपाली कांग्रेसले खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका एमालेका कार्यकर्ता तथा समर्थकलाई कांग्रेस प्रवेश प्रवेश गराएका छन् । नरेश विश्वकर्मा लगायत एमालेका ४६ जना स्थानीय नेता तथा कार्यकर्तालाई कांग्रेसले आफ्नो पार्टीमा प्रवेश गराएको जनाएको छ ।

    शनिबार आयोजित कार्यक्रममा कांग्रेस महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राईले उनीहरुलाई स्वागत गरेका थिए । महासमिति सदस्य एवं युवा नेता राईले नवप्रवेसीको राजनीतिक जिवनको उचित मूल्यांकन गर्दै उपयुक्त जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

    पार्टी प्रवेश सँगै ३९ सदस्यीय टोल कमिटि गठन गरिएको कांग्रेस वडा सभापती जेफर राईले जनाए । महासमिति सदस्य राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेबिसंघ खोटाङका पुर्व अध्यक्ष एवं पार्टी जिल्ला सदस्य दिनेश घिमिरे, नेपाली कांग्रेस तरुण विभाग केन्द्रिय सदस्य राजु ढकाल लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार