Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एमसिसिको बिरोध गाउँमा जुलुस

    एमसिसिको बिरोध गाउँमा जुलुस


    • शनिवार, भाद्र २६ २०७८

    • नेपाल वाइड


    एमसिसिको बिरोध गाउँमा जुलुस
    एमसिसिको बिरोधमा दोर्पाचिउरीडाँडामा निकालिएको जुलुस । तस्बिर सौजन्य : गजेन्द्र राई

    खोटाङ । भदौ २६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा एमसिसिको बिरोधमा नारा जुलुस प्रदर्शन गरिएको छ ।

    एमसिसि विरुद्ध शहर केन्द्रित प्रदर्शन भइरहेका बेला शनिबार स्थानीय सामाजिक अभियान्ता मनि हिङमाङको संयोजनमा बुवालुङको ठूलो खोलादेखि बानाचुङ बजारसम्म नारा जुलुस प्रदर्शन गरिएको हो । एमसिसि राष्ट्रको हितमा नभएको भन्दै राजनैतिक दलका नेता तथा कार्यकर्ता र स्थानीयले हातमा प्ले कार्ड बोकेर चर्का नारावाजी गर्दै जुलुस प्रदर्शन गरेका छन् ।

    उनीहरुले मध्यपहाडी लोकमार्गमा ‘राष्ट्रघाती एमसिसि चाँहिदैन, देश बेच्न पाइदैन, हाम्रो नेपाल हाम्रो देश प्राणभन्दा प्यारो छ, राष्ट्रघाती नेता मुर्दाबाद, भ्रष्टाचारीलाई कारबाही गर, राष्ट्रघाती एमसिसि फिर्ता गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ लगायतका नारा चर्काएका थिए ।

    जनता समाजवादी पार्टीनिकट समाजवादी युवा संघ खोटाङका अध्यक्ष गजेन्द्र राई र नेकपा एकीकृत समाजवादीका दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि सचिव एवं वडा सदस्य हरि चाम्लिङको रोहवरमा गाउँमा एमसिसि बिरुद्ध जुलुस निकालिएको हो ।

    जुलुस बानाचुङ बजारमा पुगेपछि कोणसभामा परिणत भएको थियो । जुलुसमा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष मनि राई, सचिव विरेन्द्र दर्नाल लगायतको सहभागीता रहेको थियो ।

    सम्बन्धित समाचार