शुक्रवार, भाद्र २५ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २५, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबं प्रदेश नम्बर १ का सांसद रामकुमार राई पासाङले एमसिसिलाई यथावत अवस्थामा पास गर्न नसकिने बताएका छन् ।
शुक्रबार खोटाङको दिक्तेलमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एवं सांसद राईले केही प्रावधान संशोधन गरेर मात्र एमसिसि पास गर्न सकिने बताएका हुन् ।
उनले एमसिसि पास गरिए वर्तमान गठवन्धन सरकार नै फेरवदल संकेत गरेका छन् । ‘एक पक्ष एमसिसि पास गर्नुपर्छ भन्नेमा छन् । एक पक्ष पास गर्नुपर्छ भन्ने छन् ।
संशोधन गरेर पास गर्नुपर्छ भन्ने अर्को थरिका छन्,’ केन्द्रिय सदस्य एवं सांसद राईले भने, ‘यो राष्ट्रका लागि घातक छ । राष्ट्रियता खतरामा पर्छ । त्यस कारण संशोधन गरेर मात्र स्वीकृत गर्नुपर्छ भन्नेमा हाम्रो पाटी सुरुदेखि अहिलेसम्म अडिग छ । पास गरिएको अवस्थामा गठवन्धनबाट बाहिरिन पर्ने अवस्था पनि आउन सक्छ ।’
दुई तिहाईको सरकार हुँदा पनि मतभेदका कारण पास हुन नसकेको एमसिसि तत्काल पास हुने अवस्था भने नदेखिएको राईको भनाई थियो । केन्द्रिय सदस्य एवं सांसद राईले सत्तामा बसेका बेला एमसिसि पास गर्नुपर्छ भन्ने एमालेले नेता सत्ताबाट बाहिरिएपछि एमसिसि पास गर्नुहुन्न भन्दै द्धैध चरित्र देखाएको आरोप लगाए ।
‘सत्तामा रहँदा एमसिसि पास गर्नुपर्छ भन्छ, सत्ताबाट बाहिर आएपछि पास गर्नुहुन्न भनिरहेका छन्,’ राईले भने, ‘यहाँ राजनैतिक नैतिकता देखिएन । यो बैमानी हो ।’ उनले प्रदेश नम्बर १ र बागमती प्रदेशमा चाँडै गठवन्धनको सरकार बन्ने दावी गरे ।