Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा माओवादी केन्द्र खोटाङले तोक्यो पालिका ईन्चार्ज तथा अध्यक्ष

    नेकपा माओवादी केन्द्र खोटाङले तोक्यो पालिका ईन्चार्ज तथा अध्यक्ष


    • शुक्रवार, भाद्र २५ २०७८

    • नेपाल वाइड


    नेकपा माओवादी केन्द्र खोटाङले तोक्यो पालिका ईन्चार्ज तथा अध्यक्ष
    माओवादी केन्द्र खोटाङको बैठकमा सहभागी नेता । तस्बिर : रामकुमार राई पासाङको फेसबुक

    खोटाङ । भदौ २५, नेकपा माओवादी केन्द्रले खोटाङका १० वटै स्थानीय तहमा ईन्चार्ज, सह–ईन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । भदौ २२ र २३ गते सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटिको विस्तारित बैठकले जिल्लाका सवै तहमा ईन्चार्ज, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

    माओवादी केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ईन्चार्जमा सुरेश राई, सह–ईन्चार्जमा विनोद आचार्य, जयप्रकाश राई, सन्तोष राई, माधब राई, विकास राई र बलराम राईलाई चयन गरेको छ ।

    यस्तै, नगर कमिटि अध्यक्षमा बिसन राई र सचिबमा युगसन किरात चयन भएका छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको ईन्चार्जमा जिवन राई (संगीन), सह–ईन्चार्जमा हस्तबहादुर राई (आमोद) र चइन्द्र राई (आक्रोश), अध्यक्षमा राजुबिक्रम चाम्लिङ र सचिवमा कुमार बुढाथोकी चयन भएका छन् ।

    ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई ईन्चार्ज, सृमबहादुर राईलाई सह–ईन्चार्ज, अगमसिं राईलाई अध्यक्ष र रमेश राजभण्डारीलाई सचिवको जिम्मेवारी दिइएको छ । रावाबेँसी गाउँपालिकामा भूमी अधिकारीले ईन्चार्ज, लिला श्रेष्ठ (सविन) र रामबहादुर राईले सह–ईचार्ज, राजन मगरले अध्यक्ष र सिता कट्वालले सचिवको जिम्मेवारी पाएका छन् ।

    यस्तै, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा रस्मी रसाइली, सह–ईन्चार्जमा रुद्र राई, अध्यक्षमा साङ्गे शेर्पा र सचिवमा विष्णु राई जिज्ञासा चुनिएका छन् ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दिपक पाण्डे आकाशले ईन्चार्ज, कल्पना चाम्लिङ, अजम्बर राई, लक्ष्मीकुमार राई र मेरु राईले सह–इन्चार्ज, राजेन्द्र राईले अध्यक्ष र दिपक पौडेलले सचिवको जिम्मेवारी पाएका छन् ।

    खोटेहाङ गाउँपालिकामा उदिम राई (मुक्ति) ईन्चार्ज, इन्द्र नाराथुङ्गे सह–ईन्चार्ज, दिपेन थुलुङ अध्यक्ष र धनबहादुर महाराजी सचिब बनाइएका छन् । बराहपोखरी गाउँपालिकामा निसाना राई ईन्चार्ज, दुर्गाबहादुर राई सह–ईन्चार्ज, युवराज मगर अध्यक्ष र ताराकान्त राई सचिव बनेका छन् ।

    जन्तेढुङ्गा गाउँपालिकामा अरुणा राईले ईन्चार्ज, बिरवल किराती र केदार राईले सह–ईन्चार्ज, बद्री राईले अध्यक्ष र बिकास भट्टराईले सचिवको जिम्मेवारी पाएका छन् । यस्तै, साकेला गाउँपालिका ईन्चार्जमा अर्जुनकुमार खड्का झंकार, सह–ईन्चार्जमा बिर्सिका राई, अध्यक्षमा नविन राई र सचिवमा मोहन खत्री चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

    सम्बन्धित समाचार