Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कांग्रेस अधिबेसन :

    हलेसी तुवाचुङ नगरसभापतिमा राईको उम्मेद्वारी घोषणा

    हलेसी तुवाचुङ नगरसभापतिमा राईको उम्मेद्वारी घोषणा

    हलेसी तुवाचुङ नगरसभापतिमा राउत पनि नगरसभापतिकै तयारीमा

    • बिहिवार, भाद्र २४ २०७८

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरसभापतिमा राईको उम्मेद्वारी घोषणा
    नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिकाका निर्वाचित सभापति चक्रकुमार राई ।

    खोटाङ । भदौ २४, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको कांग्रेस नगरसभापतिमा नेता चक्रकुमार राईले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

    हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबुका राईले बिहिबार हलेसीमा आयोजित कार्यक्रमबाट आगामी भदौ २७ गते हुने गाउँ/नगरपालिका अधिबेसनमा ११ वडा रहेको नगरपालिकाको नगरसभापति पदका लागि उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

    कांग्रेसका जिल्ला कार्य समिति सदस्य रहेका राईले कांग्रेस जिल्ला सभापति नरेश श्रेष्ठ, कांग्रेस महासमिति सदस्य सुबासकुमार पोखरेल, महाधिबेसन प्रतिनिधि बिरकाजी राई लगायतको उपस्थितिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

    राईलाई कांग्रेस क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, महासमिति सदस्य दिनेश राई, महाधिबेसन प्रतिनिधि जितेन्द्रसिं ठकुरी लगायतको समर्थन छ ।

    राईको प्यानलबाट उपसभापतिमा काशीराज राई र देबेन्द्र राई, सचिवमा कमल गिरी र किशोर बस्नेत, सह–सचिवमा खेमराज कार्की र युवराज कार्कीलाई उम्मेद्वार बनाउने तयारी गरिएको छ । नगरसभापतिका उम्मेद्वार राईसँग गैर–सरकारी संस्था संघमा काम गरेको लामो अनुभव पनि छ ।

    congress candidate declared by chakra-ramesh photo_khotang1.jpg

    हलेसी तुवाचुङ नगरसभापतिकै तयारीमा रहेका अर्का आकांक्षी रमेश राउत ।

    नगरपालिकाको पार्टी सभापतिमा अर्का आकांक्षी युवा नेता रमेश राउत देखिएका छन् । टिमभित्र अन्य पात्रको चर्चा चलेपनि अन्तिममा नगरसभापतिमा राउतकै उम्मेद्वारी आउने निश्चितझैं देखिएको छ ।

    घोषणा गर्न बाँकी रहेको भए पनि नगरसभापतिमा आफ्नो उम्मेद्वारी रहने राउतले बताए । हलेसी तुवाचुङ नगरपालिका–७ मंगलटारका वडाध्यक्ष रहेका राउतलाई पुर्व राज्यमन्त्री सर्वधन राई, हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राई, नेविसंघका पुर्व केन्द्रिय सदस्य दुरेन राई, पेशल राई लगायतको समर्थन छ ।

    २०६२ सालमा पाटन क्याम्पसको ईकाई समिति सदस्य बनेर २०६२ सालदेखि राजनितीमा प्रवेश गरेका राउत स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष चुनिएका हुन् ।

    सम्बन्धित समाचार