Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कांग्रेस अधिबेसन :

    विवादका कारण स्थगित कांग्रेसको वडा अधिबेसन टुंगियो

    विवादका कारण स्थगित कांग्रेसको वडा अधिबेसन टुंगियो


    • बिहिवार, भाद्र २४ २०७८

    • नेपाल वाइड


    विवादका कारण स्थगित कांग्रेसको वडा अधिबेसन टुंगियो
    महादेवस्थान (हलेसी)मा नवनिर्वाचित वडा सभापतिलाई बोकेर कुदाउँदै शुभेच्छुक ।

    खोटाङ । भदौ २३, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा विवादका कारण स्थगित भएको कांग्रेसको वडा अधिबेसन टुंग्याइएको छ । गत भदौ १८ गते वडा सभापतिका लागि मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि स्थगित वडा अधिबेसन निर्वाचन प्रकृयाबाट टुंग्याइएको हो ।

    बुधबार राती सम्पन्न निर्वाचनबाट देशकुमार राई ४७ मत ल्याएर पुःन वडा सभापतिमा दोहोरिएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । उनका प्रतिद्धन्दी विष्णुप्रसाद ढकालले २७ मत पाएको जनाएको छ ।

    कुल ९६ जना क्रियासिल सदस्य रहेको निर्मलीडाँडामा ७८ मत खसेको थियो । निर्मलीडाँडामा कांग्रेसको वडा सभापतिका लागि देशबहादुर, विष्णुप्रसाद, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिए पनि अन्तिममा देशबहादुर, विष्णुप्रसाद मात्र चुनावी मैदानमा उत्रिएका हुन् ।

    दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडामध्ये यसअघि ७८ वडाको अधिबेसन सम्पन्न भइसकेको छ । सहमती नजुट्दा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, डाँडागाउँ र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपिलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदानका माध्यमबाट वडा अधिबेसन टुंग्याइएको कांग्रेसले जनाएको छ ।

    कांग्रेसका ६ हजार ८०० क्रियासिल सदस्य रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाका सबै वडामा सर्वसहमतढंगबाट वडा अधिबेसन सम्पन्न भएको जिल्ला सचिव जोशीले बताए । कांग्रेसको वडा अभिबेसनबाट वडा समिति निर्माण सँगै क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।

    सम्बन्धित समाचार