Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कांग्रेस अधिबेसन :

    कांग्रेस याम्खाको पुःन वडा अधिबेसनको माग

    कांग्रेस याम्खाको पुःन वडा अधिबेसनको माग


    • बुधवार, भाद्र २३ २०७८

    • नेपाल वाइड


    कांग्रेस याम्खाको पुःन वडा अधिबेसनको माग
    याम्खाको वडा अधिबेसनको विषयमा आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञाप्ती पढेर सुनाउँदै नेपाल विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष नइन्द्र राई । फायल तस्बिर : नेपालवाईड डटकम

    खोटाङ । भदौ २२, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा पुःन कांग्रेस वडा अधिबेसनको माग उठेको छ । गत भदौ १८ गते सम्पन्न वडा अधिबेसन षडयन्त्र र धाँधलीपूर्ण ढंगबाट गराइएको भन्दै नेपाल विद्यार्थी संघ खोटाङका वरिष्ठ उपाध्यक्ष नइन्द्र राईले बुधबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै पुःन वडा अधिबेसनको माग गरेका हुन् ।

    नेविसंघका वरिष्ठ उपाध्यक्ष राईले दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको संलग्नतामा पैसा र सत्ताको आडमा धाँधलीपूर्ण वडा अधिबेसन गराएर फरक मत राख्ने समुहलाई वडामै छेक्ने खेल खेलिएको बताए ।

    गाउँपालिका अध्यक्ष राईको टिमबाट रामचन्द्र राई र नेविसंघका वरिष्ठ उपाध्यक्ष राईको टिमबाट नेत्र कुमार राई वडा सभापतिमा लडेका थिए । १९२ मत खसेको वडा अधिबेसनमा रामचन्द्रले १०४ मत र नेत्र कुमारले ८६ मत पाएको जनाइएको छ ।

    निर्वाचन गराउँदा अँध्यारो कोठामा मत पेटिका राखेर एक जनाले ५ भन्दा बढिको मत खसालेको, रातका समयमा मतदान प्रकृया अघि नबढाउन आग्रह गर्दागर्दै बेलुका ५ बजेदेखि रातको २ बजेसम्म मतदान गराउँदा अँध्यारोमा क्रियासिल सदस्य मतदानमा सहभागी भए/भएको देख्न नसकिएको, मतदान सकिए लगत्तै मत गणना सुरु गर्नुपर्नेमा धाँधलीकालागि ढिलो गणना सुरु गरिएको नेविसंघ उपाध्यक्ष राईले आरोप लगाए ।

    मत गणनाका क्रममा १०८ औं मतपत्र समावेसी र खुलाको हुनुपर्नेमा दुबै खुला मतपत्र भेटिएपछि दुबै पक्षको सहमतीमा मत गणना स्थगित गरेर दुबै पक्षको प्रतिनिधि बाहिर गएको बेला गाउँपालिका अध्यक्ष राईले मतपत्र राखिएको कोठामा पसेर विपक्षको मतपत्रमा चिन्ह लगाएर बदर गराएको तथा आफ्नो पक्षको मतपत्र थपेको प्रेस विज्ञाप्तीमा आरोप लगाइएको छ ।

    तत्काल निर्वाचन स्थगनको लागि मतदान अधिकृतलाई लिखित निवेदन दिएपछि मतदान अधिकृतले स्थगनको प्रयास गर्दा गाउँपालिका अध्यक्ष राईले धम्की दिएर रोकेको तथा रात पारेर आफ्नो पक्षमा नतिजा सार्वजनिक गर्न लगाएको उपाध्यक्ष राईले बताए । उनले कर्मचारीको दुरुपयोग गरी क्रियासिल सदस्यहरुलाई अघिल्लो दिनदेखि बन्धक बनाएर आफ्नो पक्षमा मत हाल्न लगाएको पाइएको आरोप लगाए ।

    सो वडा अधिबेसनमा आफु विरुद्धका टिमलाई बढारेको गाउँपालिका अध्यक्ष राईमाथि आरोप छ । उनकै योजनामा दिप्रुङ चुईचुम्मा गाउँपालिका उपाध्यक्ष सपना राई, कांग्रेस जिल्ला सदस्य सरन राई लगायत वडामै छेकिएको वरिष्ठ उपाध्यक्ष राई समुहको दावी छ ।

    ‘गाउँपालिका अध्यक्षकै प्रत्यक्ष संलग्नतामा पैसा र सत्ताको आडमा गरिएको धाँधलीपूर्ण अधिबेसनले हाम्रो पार्टीको संस्कार र संस्कृतिलाई कतातिर लैजाँदै छ भन्ने विषयमा जिल्लाका नेताहरुले गम्भीरतापुर्वक समिक्षा गर्न जरुरी छ,’ वरिष्ठ उपाध्यक्ष राईले भने, ‘षडयन्त्र र धाँधलीपूर्ण ढंगबाट गरिएको वडा अधिबेसनको सत्यतथ्य छानविन गरी पुःन निर्वाचन गर्ने व्यवस्थाका लागि जिल्ला समितिलाई पनि आग्रह गर्दछु ।’

    दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष एवं कांग्रेस महाधिबेसन प्रतिनिधि राई र नेविसंघका बरिष्ठ उपाध्यक्ष राईको वडा याम्खामा घम्साघम्सी अधिबेसन भएको हो । गाउँपालिका अध्यक्ष राईले भने हार हुने निश्चित भएपछि मत मतपत्रको विषयमा विवाद झिकिएको बताए । प्यानलका आधारमा याम्खाको कांग्रेस वडा अधिबेसनलाई जिल्लामै चासोका साथ हेरिएको थियो ।

    सम्बन्धित समाचार